सुदूरपश्चिम सरकारलाई समर्थन कायमै राख्ने नाउपाको निर्णय

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारलाई आफ्नो साथ समर्थन कायमै राख्ने भएको छ । केन्द्रमा नयाँ समीकरणलाई समर्थन गरेको नाउपाले सुदूरपश्चिम प्रदेशमा भने कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिने निर्णय गरेको हो ।
आइतबार बसेको नाउपा संसदीय दलको बैठकले कांग्रेसलाई सघाउने निर्णय गरेको हो । संसदीय दलका नेता एवम् आर्थिक मामिला मन्त्री घनश्याम चौधरीले भने, ‘हामी अहिलेसम्म पनि कांग्रेस नेतृत्वकै सरकारमा छौँ । हामीले यहि सरकारलाई सघाउने निर्णय गरेका छौँ । प्रदेश पनि स्वायत्त हो । यसले नयाँ सन्देश पनि जान्छ ।’
सुदूरपश्चिम नाउपाका ७ सांसद छन् । तीमध्ये पाँच मन्त्री छन् । उनीहरुले मुख्यमन्त्री कमलबहादुर शाहलाई नै विश्वासको मत दिने निर्णय गरेका हुन् । आजको बैठकमा कैलाश चौधरी र टीका थापा उपस्थित थिएनन् । संसदीय दलका नेता घनश्याम चौधरीका अनुसार उनीहरू दुवैलाई पनि सरकारमा ल्याउने गरी छलफल गरिरहेको बताए ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेको छ । सुदूरपश्चिममा बहुमतको सरकार गठनका लागि २७ जना चाहिन्छ । ५३ सदस्यीय प्रदेशसभामा एक जनाको निधन भएपछि हाल ५२ सदस्य छन् । नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नाउपाका ७, एकीकृत समाजवादीका ४, राप्रपा १ र १ जना स्वतन्त्र सांसद छन् ।
शाह नेतृत्वको सरकारलाई सुविधाजनक बहुमतका लागि २ सिटको कमी छ । सरकारको लागि यहाँका स्वतन्त्र सांसद डा.तारा जोशी र राप्रपाकी सांसद खिमादेवी विष्टको समर्थन आवश्यक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलुको बोराभित्र लुकाएर ओसार्दै गरेको साढे २९ किलो चरेससहित तीन युवा पक्राउ
-
अमेरिकाले ‘युएसएआईडी’का ८३ प्रतिशत कार्यक्रम रद्द गर्दै
-
विषालु रसायनले भरिभराउ जहाज र तेल ट्याङ्कर ठोक्किदा भयानक दुर्घटना, ३६ जनाको उद्धार
-
रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त