उच्च जीवनस्तरका ३८ प्रतिशत जनसङ्ख्या बागमती प्रदेशमा बस्दै

काठमाडौँ । राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालको उच्च जीवनस्तरका ३८ प्रतिशत जनसङ्ख्या बागमती प्रदेशमा बस्ने गरेको देखिएको छ ।
आइतबार राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा जारी तथ्याङ्कले नेपालको उच्च जीवनस्तर भएका ३८ प्रतिशत जनसङ्ख्या बागमती प्रदेशमा बस्ने गरेको देखाएको हो ।
तथ्याङ्क सार्वजनिक गर्दै राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक ढुण्डिराज लामिछाने सबैभन्दा कुलिन वर्ग बागमतीमा बस्ने गरेको बताए । उनले निम्न वर्गका ५१ प्रतिशत जनसङ्ख्या कर्णाली प्रदेशमा बस्ने गरेको तथ्याङ्क रहेको बताए । उनकाअनुसार कर्णाली प्रदेशमा करिब ४.२ प्रतिशत मात्रै जनसङ्ख्या उच्च वर्गको जीवनस्तर भएका छन् ।
तथ्याङ्क कार्यालयकाअनुसार भविष्यमा फर्कन सक्नेगरी विदेश बस्ने नेपालीहरूको जनसङ्ख्या करिब २२ लाख रहेको छ । निर्देशक लामिछानेले नेपालबाट विदेशमा सबैभन्दा बढी २० देखि २९ वर्ष उमेर समूहका नेपालीहरू विदेश गएको देखिएको बताए । उनले पछिल्लो १० वर्षमा हिमाल र पहाडको जनसङ्ख्या घट्दै र तराईको जनसङ्ख्या बढ्दै गएको देखिएको बताए । उनले ४३.६ प्रतिशत तराई र पहाडको ४०.३ प्रतिशत पुगेको बताए ।
उनले पहाडी जिल्लाका काठमाडौँ र पोखरा महानगरपालिका लगायतका केही नगरपालिकामा धेरै भएपनि अन्य नगरपालिकामा जनसङ्ख्या कम देखिएको उल्लेख गरे । तथ्याङ्क कार्यालयकाअनुसार उमेरको हिसाबमा ०–१४ वर्षसम्मका बालबालिकाको २०६८ जनगणनामा ३४.९ रहेकोमा २०७८ मा २७.८ प्रतिशतमा झरेको छ । त्यस्तै १५ देखि २४ वर्ष उमेर समूहको २० प्रतिशतबाट १९.७ प्रतिशतमा झरेको छ । २५–६४ वर्ष उमेर समूहको हेर्दा ४५.५ प्रतिशतबाट झरेर ४३.३ प्रतिशतमा पुगेको तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको छ । निर्देशक लामिछानेले ६५ भन्दा माथि उमेर समूहको जनसङ्ख्या ५.३ बाट बढेर ६.९ प्रतिशतमा पुगेको बताए । उनले नेपालको काम गर्नसक्ने जनसङ्ख्या ६२ प्रतिशत रहेको बताए ।
उनले जनगणना २०६८ को तुलनामा आश्रित जनसङ्ख्या कम रहेको बताए । उनले जनगणना २०६८ मा ६१.९ प्रतिशत रहेको आश्रित जनसङ्ख्या घटेर जनगणना २०७८ मा ६०.२ प्रतिशतमा झरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सञ्चो’ कम्पनीमा २८ करोड क्षति : पुनः सञ्चालन सम्भव छ ?
-
हरेक दिन २० पुस-अप गर्नुहोस्, पाउनुहुनेछ ५ परिवर्तन
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
कंगोको राजधानीमा मुसलधारे वर्षाका कारण ३० जनाको मृत्यु
-
छ वर्षपछि उत्तर कोरियामा प्योङयाङ म्याराथन, विदेशीहरूको पनि सहभागिता
-
गर्मीमा हरेक दिन एक टुक्रा काँचो प्याज खानुका ७ फाइदा