देशभर ४८ लाखभन्दा बढी बालबालिकाले लगाए दादुराको खोप
आइतबार, ०४ चैत २०८०, १६ : ००
![देशभर ४८ लाखभन्दा बढी बालबालिकाले लगाए दादुराको खोप](https://npcdn.ratopati.com/media/news/child-vaccine-khop-dadura_h9OqGIDnAK.jpg)
काठमाडौँ । सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म ४८ लाखभन्दा बढी बालबालिकाले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल ५७ लाख ४२ हजार ९९३ बालबालिकामध्ये अहिलेसम्म करिब ४८ लाख ८१ हजार ५४४ ले खोप लगाएका हुन् ।
देशभर ८५ प्रतिशत बालबालिकाले दादुरा–रुबेला विरुद्धको खोप लगाएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।
देशभरका ती बालबालिकामध्ये ५ देखि १५ वर्ष मुनिका ३६ लाख १२ हजार ३१० र ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिका २१ लाख ३० हजार ६८३ बालबालिकालाई दादुरा–रुबेला खोपमा लगाइँदै छ ।
देशव्यापीरुपमा दादुरा–रुबेला खोप अभियान गत फाल्गुन १३ देखि चैत्र ७ गतेसम्म जारी रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिता डङ्गोलको माग : बुद्धले मृत्युको घोषणा गरेको दिनलाई राष्ट्रिय पर्वका रूपमा मनाऔँ
-
रवि लामिछाने कहिले फर्किन्छन् पार्टी जिम्मेवारीमा ?
-
रोजगार दिएनौँ, बोल्न देऊ सरकार, तस्बिरहरू
-
रुसको ब्यालिष्टिक मिसाइल लागेर किभमा एक जनाको मृत्यु
-
डोनाल्ड ट्रम्पका यी ६ आदेश, जसलाई अदालतले लगाइदियो ‘ब्रेक’
-
नम्बर प्लेटको बिक्रीमा एमाजनले लगायो प्रतिबन्ध