कुटपिट प्रकरण
राप्रपा सहायक महामन्त्री बलायरसहित तीन नेता निलम्बन
आइतबार, ०४ चैत २०८०, १५ : ४८

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेता ठाकुरमोहन श्रेष्ठमाथि आक्रमणमा संलग्न तीन जनालाई पार्टीबाट निलम्बन गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले तीन नेतालाई निलम्बन गरेका हुन् ।
निलम्बनमा पर्नेहरूमा सहायक महामन्त्री प्रेम बलायर, राप्रपा काठमाडौँ क्षेत्र नम्बर ४ का अध्यक्ष ऋद्धिप्रताप राणा र युवा संगठनका सदस्यसचिव निराजन बम रहेका छन् ।
घटनापछि कार्यसम्पादन समितिले पार्टीको अनुशासन समितिलाई ४८ घण्टाभित्र छानबिन गरी प्रतिवदन दिन निर्देशन दिएको थियो । अनुशासन समितिले बुझाएको प्रतिवेदन अनुसार राप्रपाले घटनाको भिडियो फुटेज विश्लेषण गर्नुका साथै सरोकारवालको बयान समेत लिएको थियो । गत फागुन २७ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेका बेला नेता श्रेष्ठमाथि आक्रमण भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षकहरुको धैर्यताको बाँध टुट्ने अवस्थामा पुगिसक्यो’
-
दुर्गा प्रसाईंको सचिवालयले भन्यो– आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण
-
माल्टामा नेपालको पर्यटन प्रवर्द्धन गर्ने पहल, ‘नेपाल डे’ मनाइँदै
-
पतिबाट बच्चा नहुने भएपछि जेठाजुसँग शारीरिक सम्बन्ध राख्न दबाब
-
टिकापुर बहुमुखी क्याम्पसमा नेविसंघका साउँद अध्यक्षमा विजयी
-
तीनकुने घटना : थप तीन जना प्रहरी नियन्त्रणमा