कोकाकोलाको आयोजनामा विश्वकै ठुलो मोमो पार्टी, बन्यो गिनिज वर्ल्ड रेकर्ड

काठमाडौँ । कोका–कोलाले नेपालमा ‘द लार्जेस्ट मोमो पार्टी’को आयोजना गर्दै विश्व कीर्तिमान कायम गरेको छ । ठुलो मोमो पार्टीको आयोजना गरेसँगै गिनिज वर्ल्ड रेकर्ड ऐतिहासिक उपलब्धि कायम गरेको छ ।
शुक्रबार, चैत २ गते बौद्ध, काठमाडौँस्थित हायात रेजेन्सी ग्राउन्डमा ‘काठमाडौँ इज कुकिंग’को दोस्रो संस्करणको एउटा भागको रूपमा ‘द लार्जेस्ट मोमो पार्टी’मार्फत नयाँ गिनिज वर्ल्ड रेकर्ड कायम गरेको हो । यससँगै कम्पनीले इतिहास रचेको बताइएको छ ।
कोका–कोलाले ५०० जना भन्दा बढी उत्साही सहभागीहरूका साथ यो कार्यक्रम सफलतापूर्वक आयोजना गरेको थियो । प्रत्येक सहभागीलाई २५० एमएल कोकको बोतलसहित दुईवटा मोमो खान दिएको थियोे । खाद्य सुरक्षा र स्वच्छताको उच्चतम मापदण्ड सुनिश्चित गर्न, एकजना समर्पित फुड हईजिन इन्स्पेक्टर र दुईजना साक्षीहरू पनि कार्यक्रममा उपस्थित रहेका थिए ।
कार्यक्रम लगभग १५ मिनेट चलेको थियो र सहभागीहरूले कोका–कोलासँगै मोमोको स्वाद लिएका थिए । यस उपलब्धिले समुदायमा हर्ष र एकताका क्षणहरू सिर्जना भएको छ र यसका लागि कोका–कोला सदैव तत्पर रहेको कम्पनीको भनाई छ ।
कोका–कोला नेपालकी कन्ट्री डाइरेक्टर, चन्द्रिका कालियाले कम्पनीको उपलब्धिमा गर्व व्यक्त गर्दै भनिन्, ‘कोका–कोला र मोमो नेपालीहरूलाई साँच्चै नै मन पर्दछ र यो उपलब्धि त्यसकुराको साक्षी बन्न पुगेको छ ।’ कोका–कोलाले नेपालमा आफ्नो ५० वर्ष मनाउँदै गर्दा, यो गिनिज वर्ल्ड रेकर्ड उपाधिले कोका–कोलाको सांस्कृतिक एकता र मनोरञ्जन प्रदान गर्ने आफ्नो विरासतलाई कायम गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धी विधेयक २०८१’ परिमार्जन गर्ने सहमति
-
कहाँ पुग्यो रेशम चौधरी र सीके राउतको मिलन ?
-
सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न छुट्टै ऐन आवश्यक छ : प्रचण्ड
-
बाढी पहिरोले क्षतिग्रस्त बिपी राजमार्गको मर्मत तीव्र
-
अस्ट्रेलियाविरुद्धको सेमिफाइनलमा विराट कोहलीको आँखा यी तीन कीर्तिमानमा
-
थापाथलीमा फुटेको मेलम्चीको पाइप मर्मत कार्य सुरु