इरानी प्रतिद्वन्द्वीलाई हराउँदै पेरिस पारा ओलम्पिकमा छनोट भइन् पलेशा गोवर्धन
आइतबार, ०४ चैत २०८०, १४ : १२

काठमाडौँ । पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन यसै वर्ष फ्रान्सको पेरिसमा आयोजना हुने पारा ओलम्पिक खेलकुद प्रतियोगितामा छनोट भएकी छन् । चीनमा जारी एसियाली क्षेत्रको छनोट प्रतियोगितामा स्वर्ण पदक जित्दै पलेशा पेरिस पारा ओलम्पिकमा छनोट भएकी हुन् ।
पलेशा पारा ओलम्पिक खेलकुदमा छनोट भएको यो लगातार दोस्रो पटक हो । पलेशाले चीनमा जारी एसियाली छनोटमा आइतबार के ४४ अन्तर्गत महिलातर्फको ५७ केजीभन्दा मुनिको तौल समूहमा स्वर्ण पदक जितेकी हुन् । पलेशाले फाइनलमा इरानकी खेलाडीलाई हराएकी हुन् । पलेशा छनोट चरण पार गरेर पारा ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी पनि हुन् ।
पलेशाले यसअघि सन् २०२० मा जापानको टोकियोमा सम्पन्न पारा ओलम्पिक पनि खेलेकी थिइन् । पलेशाले सन् २०२२ मा चीनमा सम्पन्न पारा एसियाली खेलकुदमा कांस्य पदक पनि जितेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : सरकार बनेको ८ महिना वित्दा समेत देखाएनन् मन्त्री र प्रधानमन्त्रीले सम्पत्तिदेखि अमेरिकाको नयाँ कीर्तिमानसम्म
-
कर्णालीका चार सय ४४ बालबालिका बालगृहमा
-
मेचीनगर गोल्डकप : धरानलाई हराउँदै काँकडभिट्टा फाइनलमा
-
अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा
-
दुई जना डीएसपी एसपीमा बढुवा सिफारिस
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण