राजनीति
नेसपा केन्द्रीय कार्यकारिणी समिति बैठक सुरु, महिन्द्र पक्षले गर्यो बहिष्कार
आइतबार, ०४ चैत २०८०, १३ : ४१

काठमाडौँ । विभाजन उन्मुख भएको नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय कार्यकारिणी समिति बैठक सुरु भएको छ । आइतबार केन्द्रीय कार्यालय तीनकुनेमा बैठक सुरु भएको कार्यालय प्रमुख रोशन पोखरेलले जानकारी दिए ।
२४ जना कार्यकारिणी सदस्य रहेको नेसपामा १८ जना सहभागी भएका छन् । बाँकी तीन जना बाहिर जिल्लाबाट आउँदै गरेको उनले जानकारी दिए ।
अर्का अध्यक्ष महिन्द्र राययादव पक्षले भने बैठक बहिष्कार गरेका छन् । आफूहरूलाई थाहै नदिई बैठक बोलाएको भन्दै उनीहरूले बैठक बहिष्कार गरेका हुन् ।
यता आफूहरूलाई थाह नै नदिई शनिबार माओवादी केन्द्र र महिन्द्र पक्षले एकता गर्ने निर्णय गरेपछि अध्यक्ष बाबुराम आक्रोशित भएका छन् । कारबाही सम्बन्धमा बैठकले निर्णय लिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लमजुङमा भूकम्पको धक्का
-
पोप फ्रान्सिसको अवस्था अझै गम्भीर
-
लुम्बिनी प्रदेश : योजनाविना धमाधम कोल्ड स्टोर निर्माण, सञ्चालनमा छैन ध्यान
-
निर्माण भएका कोल्ड स्टोर बाह्रै महिना चलाउन पहल गर्नेछौँ ः कृषिमन्त्री पन्थी
-
लुम्बिनी प्रदेशमा चिस्यान केन्द्र दिगो व्यवस्थापन कसरी गर्ने ?
-
व्यावसायिक कफीखेतीमा जुट्दै हतुवागढीका किसान