तिलिचो तालभन्दा माथि भिडियो बनाएर विश्व कीर्तिमान

काठमाडौँ । ‘अटल बाचा गरे’ बोलको गीतको म्युजिक भिडियो तिलिचो तालभन्दा माथि अर्थात ५ हजार १०५ मिटरको उचाइमा छायाङ्कन गरेर ‘गिनिज बुक अफ वर्ल्ड’ रेकर्ड कायम गर्ने अभिनेता तथा निर्माता राजेन्द्र लुइँटेलसहित उनको टिमलाई राष्ट्रपति रामचन्द्र पौडेलले बधाई दिएका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक कार्यक्रमबिच राष्ट्रपति रामचन्द्र पौडेलले सबैलाई भेट गर्दै माला तथा दोसल्ला ओढाउँदै बधाई दिएका हुन् । सो गीत गीतकार डा.डिआर उपाध्यायले लेखेका हुन् । सन्तोष श्रेष्ठ र सागर अधिकारी शरदको संगीत रहेको गीतमा रवि ओड र सुनिता कार्कीको स्वर छ । भिडियोमा पुष्प खड्का तथा श्रद्धा क्षेत्रीको अभिनय छ । भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् ।
कार्यक्रममा राष्ट्रपति पौडेलले विश्व कीर्तिमान मार्फत देशको नाम फरक ढंगबाट चिनारी गराइएको भन्दै सबैको प्रशंसा समेत गरेका थिए । सञ्चारकर्मी समेत रहेका लुइँटेल लगायतको टिमले यस अगाडी पनि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट गिनिज अफ वर्ल्ड रेकर्डको प्राप्त गरेको थियो ।
निर्माता लुइँटेलले यस अगाडि पनि विभिन्न काम मार्फत भारतको प्रतिष्ठित दादा साहेब इन्डियन टेलिभिजन अवार्ड, युरोपियन वर्ल्ड रेकर्ड, अमेरिका बुक अफ रेकर्ड लगायत थुप्रै सम्मान प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एस्टन भिल्ला च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा
-
राजावादी सक्रीय भएपछि माधव नेपालको पार्टीले गर्यो सङ्घर्ष गर्ने निर्णय
-
नेपालका १२५ भाषाको लेखन सहजताका लागि एउटै ‘फन्ट’ निर्माण
-
विराट गोल्डकपको उपाधि थ्रीस्टारलाई
-
फराकिलो जित निकाल्दै च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुग्यो आर्सनल
-
बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग