पुष्प मेलामा ८३ लाखको कारोबार

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी पुष्प मेलाको ४० हजार भन्दा बढीले अवलोकन गरेका छन् । गत बिहीबारबाट सुरु भएको २५ औँ फ्लोरा एक्पोमा करिब ८३ लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भएको फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) का कार्यक्रम संयोजक जंग बहादुर तामाङले बताए ।
आज साँझसम्म जारी रहने सो फ्लोरा एक्स्पोको ५० हजारले अवलोकन गर्ने अनुमान छ । चार दिनमा करिब एक करोड रुपैयाँको कारोबार हुने आयोजकको अनुमान छ ।
फ्यानको आयोजना तथा पुष्प विकास केन्द्रको सह–आयोजनामा सो मेला आयोजना गरिएको हो ।
मेला अवलोकनकर्ताले सर्वसाधारणले १५० रुपैयाँ र विद्यार्थीले १०० रुपैयाँ प्रवेश शुल्क लाग्ने आयोजकले उल्लेख छ ।
सो मेलामा फ्लोरा एक्स्पोमा व्यवसायीक स्टल ६० वटा, ल्याण्डस्केपिङ्ग स्टल ३ वटा , अफिसियल स्टल ८ वटा, प्रतियोगितात्मक प्रदर्शनी १ स्टल र १ वटा फुड स्टलसहित जम्मा ७३ वटा स्टल रहने फ्यान उपाध्यक्ष तथा मेला संयोजक सिताराम पन्तले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु
-
वडाअध्यक्षको भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक