लोकतन्त्रको पक्षमा प्रदर्शन गर्ने अभिनेतासहित १२ जनालाई जेल सजाय
आइतबार, ०४ चैत २०८०, १२ : १३

हङकङ । सन् २०१९ मा हङकङमा लोकतन्त्रको समर्थनमा भएको प्रदर्शनमा सहभागी भएको भन्दै अभिनेता ग्रेगरी वाङसहित १२ जना जेल सजाय सुनाइएको छ । जिल्ला अदालतले शनिबार वाङलाई ६ वर्षको अधिकतम सजाय सुनाएको हो ।
अभियन्ता वेन्टस लाउ विङ–होङ र ओवेन चाउलाई पनि कैद सजाय दिइएको छ । त्यस्तै, दुई पत्रकारलाई लेजिस्लेटिभ काउन्सिलको च्याम्बरमा बिना अनुमति प्रवेश गरेको भन्दै जरिवाना लगाइएको छ । दोषी करार गरिएका अधिकांशमाथि दङ्गाको आरोप लगाइएको थियो ।
सन् २०१९ मा हङकङमा विवादास्पद कानुन ल्याउने तयारी गरिएको थियो । कानुनअनुसार त्यहाँका जनतालाई चीनको मुख्य भूमिमा प्रत्यर्पण गर्न सकिन्थ्यो । यस कानुनको विरोधमा हङकङमा ठुलो विरोध प्रदर्शन भएको थियो ।
त्यसबेला सयौँ प्रदर्शनकारी लेजिस्लेटिभ काउन्सिल भवनमा घुसेका थिए । उनीहरूले पर्खालमा सन्देशहरूले रङ्गाएका थिए । -बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाहीमा रेबिज भ्याक्सिनको चरम अभाव, बिरामीहरू महँगोमा निजी क्लिनिक जान बाध्य
-
वर्षमान र जनार्दनलाई दायाँबायाँ लगाएर मर्निङवाकमा प्रचण्ड
-
आजदेखि माओवादीको तराई–मधेस जनजागरण अभियान ः के–के हुँदैछ ?
-
पाकिस्तानको भविष्य तय गर्ने न्युजिल्याण्ड र बंगलादेशको भिडन्त आज
-
बागमती गोल्डकप : चर्च ब्वाइज र मच्छिन्द्र क्लब भिड्दै
-
भारत र पाकिस्तानबिचको खेलमा बने यी रेकर्ड