४० घण्टाको अपरेसनपछि भारतीय नौसेनासामु ३५ समुद्री लुटेराद्वारा आत्मसमर्पण

नयाँ दिल्ली । भारतका युद्धक जहाज आईएनएस कोलकाता अरब सागरमा ३५ जना समुद्री लुटेराहरूलाई घेराउ गरी आत्मसमर्पण गराउन सफल भएको छ । भारतीय नौसेनाका प्रवक्ताले सामाजिक सञ्जाल एक्समा ट्वीट गर्दै यसबारे जानकारी दिएका हुन् ।
प्रवक्ताका अनुसार ४० घण्टासम्म चलेको अपरेसनपछि अपहरित जहाज एमबी रुएनबाट चालक दलका सबै १७ सदस्यलाई सकुशल उद्धार गर्न सफल भएको हो ।
ट्वीटमा भनिएको छ, ‘आईएनएस कोलकाताले भारतको तटभन्दा लगभग १४ सय नटिकल माइल टाढा जहाज रुएनलाई रोकेको थियो । यस अभियानमा आईएनएस सुभद्र, हेल आरपीए, पी ८१ समुद्री गस्ती विमानको साथ मिलेको थियो । सी १७ एयरक्राफ्टबाट भारतीय नौसेनाको मार्कोस कमान्डोका जवान जहाजमा उतारिएको थियो । यी सबै सामूहिक प्रयासबाट समुद्री डकैतहरू जहाज रोक्न बाध्य भए ।’
जहाजमा खोजी गरी त्यहाँ रहेका अवैध हतियार, गोलाबरुद र प्रतिबन्धित सामग्री हटाइएको पनि प्रवक्ताले जानकारी दिएका छन् । सबै समुद्री लुटेराहरू सोमालियाका थिए । –बीबीसी हिन्दी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु
-
धरानबाट हराएको बस विराटनगरमा फेला, कबाडमा बिक्री गरिँदै थिए पाटपूर्जा
-
भारत नेपालमा व्यवस्था परिवर्तनको पक्षमा छैन : डा. बाबुराम भट्टराई
-
विराटनगरमा एक बालकको मृत्यु
-
झुटा अध्यापन अनुमतिपत्र पेस गर्ने शिक्षकमाथि भ्रष्टचार मुद्दा दायर
-
राजदूत शनिल नेपालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत