राष्ट्रिय जनमोर्चाले उम्मेदवार टुङ्गो लगायो
मङ्गलबार, ३० जेठ २०७४, १२ : २०
पाल्पा- राष्ट्रिय जनमोर्चा पार्टीले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ ।
दुई नगरपालिका र आठ गाउँपालिकाका प्रमुख पदका उम्मेदवारको नाम टुङ्गो लगाएको हो । तानसेन नगरपालिकाको प्रमुखमा टीकाराम पौडेल र उपप्रमुखमा उमा सिञ्जाली, रामपुर नगरपालिकाको प्रमुखमा रेशम कँडेल र उपप्रमुखमा सावित्रा गैरेको नाम सिफारिस गरेको छ ।
यस्तै निस्दी गाउँपालिकाको अध्यक्षमा देवीलाल राना, पूर्वखोलाको अध्यक्षमा मानबहादुर बयम्बु, रम्भाको अध्यक्षमा मानबहादुर गाहा र उपाध्यक्षमा विमला सिञ्जाली, माथागढीको अध्यक्षमा रामकरण थापा, बगनासकालीको अध्यक्षमा प्रेम कुमाल, तिनाहुँको अंध्यक्षमा कमल थापा, रिब्दिकोटको अध्यक्षमा तिलक गाहा तथा रैनादेवी छहरा गाउँपालिकाको अध्यक्षमा परशुराम पोखरेल र उपाध्यक्षमा लक्ष्मी दर्लामीलाई उम्मेदवार बनाएको राष्ट्रिय जनमोर्चा पाल्पाले जनाएको छ ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान