आरबीबी–एनभीए भलिबल च्याम्पियनसिप : महिलातर्फ पुलिसले कर्णाली प्रदेशलाई हरायो

काठमाडौँ । राजधानीमा जारी ‘आठौँ आरबीबी–एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप’ को दोस्रो दिन आइतबार खेलिएको महिलातर्फको खेलमा नेपाल पुलिस क्लबले सफलता हात पारेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा आइतबार खेलिएको खेलमा विभागीय टोली पुलिस क्लबले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हराएको हो ।
पहिलो सेटको नतिजालाई पुलिस क्लबले २५–१२ अंकले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटको खेलमा पनि पुलिस क्लब २५–७ अंकले अगाडि रहेको थियो ।
तेस्रो सेटको नतिजालाई पनि पुलिस क्लबले २५–८ अंकले आफ्नो पक्षमा पा¥यो । जारी प्रतियोगितामा महिलातर्फ पुलिस क्लबको यो पहिलो जित हो । महिलातर्फ पुलिस क्लब साबिक विजेता पनि हो ।
यसअघि आइतबार नै खेलिएको महिलातर्फको पहिलो खेलमा अर्को विभागीय टोली एपीएफ क्लबले मधेस प्रदेशलाई ३–० सेटले हराएको थियो । एपीएफ २५–८, २५–७,२५–२ ले विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लाका दुर्गम गाउँमा टेलिकमको ‘फोरजी’ सञ्चालनमा
-
१२ बजे, १२ समाचार : पशुपति जलहरी प्रकरणमा अख्तियारद्वारा सर्वोच्च्मा पुनरावलोकन दर्तादेखि सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकसाथ सुनुवाई हुनेसम्म
-
रिंकु र प्रकृतिका लागि न्याय माग्दै सिराहामा प्रदर्शन
-
गुल्मीको इस्मा गाउँपालिकामा कपडा बैङ्क स्थापना
-
फिल्म ‘लाज शरणम’को जाँचपछि सेन्सर बोर्डले के भन्यो ?
-
किन पर्यो नेपाल ‘ग्रे लिष्ट’मा, यसले कस्तो प्रभाव पर्छ ?