आरबीबी–एनभीए भलिबल च्याम्पियनसिप : महिलातर्फ एपीएफको विजयी सुरुवात
आइतबार, ०४ चैत २०८०, ११ : ४१

काठमाडौँ । राजधानीमा जारी ‘आठौँ आरबीबी–एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप’ को महिलातर्फ सशस्त्र प्रहरी बलको एपीएफ क्लबले विजयी सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिरषद् (राखेप) को कभर्ड हलमा जारी प्रतियोगिताको आइतबार खेलिएको खेलमा एपीएफ क्लबले मधेश प्रदेशलाई ३–० को सोझो सेटमा हराएको हो ।
खेलको प्रारम्भदेखि नै एपीएफले मधेश प्रदेशलाई दबाबमा राखेको थियो । एपीएफ क्लबले पहिलो सेटको नतिजालाई २५–८ अंकले आफ्नो पक्षमा पारेको थियो ।
यसैगरी दोस्रो सेटमा पनि एपीएफ क्लब २५–७ अंकले अगाडि रह्यो । तेस्रो सेटको नतिजालाई पनि २५–२ अंकले आफ्नो पक्षमा पार्दै एपीएफ क्लबले प्रतियोगितामा विजयी सुरुआत गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लाका दुर्गम गाउँमा टेलिकमको ‘फोरजी’ सञ्चालनमा
-
१२ बजे, १२ समाचार : पशुपति जलहरी प्रकरणमा अख्तियारद्वारा सर्वोच्च्मा पुनरावलोकन दर्तादेखि सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकसाथ सुनुवाई हुनेसम्म
-
रिंकु र प्रकृतिका लागि न्याय माग्दै सिराहामा प्रदर्शन
-
गुल्मीको इस्मा गाउँपालिकामा कपडा बैङ्क स्थापना
-
फिल्म ‘लाज शरणम’को जाँचपछि सेन्सर बोर्डले के भन्यो ?
-
किन पर्यो नेपाल ‘ग्रे लिष्ट’मा, यसले कस्तो प्रभाव पर्छ ?