रुसको राष्ट्रपति निर्वाचनमा तनाव, रिमोट इलेक्ट्रोनिक भोटिङ सिस्टममा साइबर हमला

मस्को । रुसमा राष्ट्रपति निर्वाचनमा तनाव देखिएको छ । पहिलो पटक निर्वाचनमा प्रयोग भइरहेको रिमोट इलेक्ट्रोनिक भोटिङ सिस्टममा व्यापक साइबर हमला भएको बताइको छ । रिमोट इलेक्ट्रोनिक भोटिङ सिस्टमको निगरानी पोर्टललाई लक्षित गरेर ३० हजारवटा हमला भएको रुसी केन्द्रीय निर्वाचन आयोगकी प्रमुख एला पाम्फिलोभालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
शुक्रबारको तुलनामा शनिबार आक्रमण बढेको पाम्फिलोभाले बताएकी छिन् । यी आक्रमणहरू अमेरिका र बेलायतबाट गराइएको मस्कोको चुनाव पर्यवेक्षण टोलीका प्रमुख वादिम कोभालेभले शनिबार बताएका थिए । कोभालेभका अनुसार आक्रमणहरू भइरहेका अधिकांश सर्भरहरू अमेरिका र बेलायतमा छन् ।
रुसमा राष्ट्रपतीय निर्वाचनका लागि मार्च १५ बाट मतदान सुरु भएको थियो । मतदान आज १७ मार्चमा समाप्त हुँदैछ । देशका केही स्थानमा पहिलो पटक रिमोट इलेक्ट्रोनिक प्रणालीबाट भोटिङ सुरु भएको छ । यस चुनावमा वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन, लिबरल डेमोक्रेटिक पार्टीका लियोनिद स्लटस्की, रुसी कम्युनिस्ट पार्टीका निकोलाई खारिटोनोभ, न्यु पिपुल पार्टीका भ्लादिस्लाव दाभान्कोभ र एक स्वतन्त्र उम्मेदवार उठेका छन् ।
चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाको रिपोर्टअनुसार देशभर ९० हजारभन्दा बढी मतदान केन्द्र स्थापना गरिएको छ । सबैभन्दा पहिला सुदूरपश्चिममा पर्ने कामचटका र चुकोटकामा मतदान भएको हो । रुसको पश्चिमी भेगमा अवस्थित कालिनिनग्रादमा सबैभन्दा अन्तिममा मतदान हुनेछ । निर्वाचनको नतिजा मार्च २८ अघि घोषणा हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीमा आन्दोलन : सर्वसाधारणलाई सास्ती
-
‘उपेक्षित, उत्पिडित र दलित वर्ग उत्थान विकास समिति’ सञ्चालन गर्नुपर्ने माग
-
अमेरिकी सहरहरूमा ट्रम्प विरोधी प्रदर्शनको दोस्रो चरण सुरु
-
वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने
-
५२ संवैधानिक नियुक्तिविरुद्धको रिटमाथि पूर्ण इजलासमा सुनुवाइ जारी
-
सबैभन्दा बढी निर्यात भए यी पाँच वस्तु