चैते दसैँमा घुम्न जाऊँ कालिका मन्दिर

पाल्पाका राजाकी छोरीलाई विवाह गरेर पर्वते राजाकहाँ ल्याउँदा उनीसँगै दाइजोका रूपमा कालिकालाई ल्याइएको थियो भन्ने किंवदन्ती मैले सुन्दै आएको थिएँ । गएको फागुनमा बाग्लुङस्थित कालिका भगवती मन्दिरको भ्रमण गर्ने अवसर मिल्यो ।
मैले सोचेको भन्दा सुन्दर रहेछ, कालिका मन्दिर । यहाँबाट सेतो धौलागिरी हिमाल देख्न पाइन्छ । नजिकको लामो गोल्डेन ब्रिजले मेरो मन चङ्गाजस्तो बनाएको थियो । कालिका भगवती मन्दिरमा पूजा गर्नाले मनको कामना पूरा हुने विश्वास भएका कारण टाढा–टाढाबाट आउने भक्तजनको घुइँचो नै लाग्ने गर्छ । त्यहीमध्येको म पनि एक थिएँ ।
कालिका भगवती गुठी व्यवस्थापन समितिले धेरै धार्मिक पर्यटकलाई आकर्षित गर्न बर्सेनि चैतेदसैँ मेलाको आयोजना गर्छ । यस वर्ष पनि पहिलेको तुलनामा अझ बढी धर्मावलम्बी एवं पर्यटक भित्र्याउने लक्ष्य लिएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले हामीलाई बताउनुभयो ।
अझ बुझ्दै जाँदा यो सात महिनामा एक करोड ७१ लाख त भेटी मात्र संकलन भएको रहेछ । त्यहाँ राखिएको स्क्रिनमा दैनिक चढाइने भेटीको आम्दानी सार्वजनिक गरिँदै आएकाले मलाई मन्दिरको व्यवस्थापन चुस्त र दुरुस्त रहेको लाग्यो ।
कालिका मन्दिरको बाहिरी आवरण नयाँ भए पनि भित्री संरचना जीर्ण भएकाले कलात्मक स्वरूप देखिने गरी कालिका मन्दिरको पुनः निर्माण गर्न थालिएको रहेछ । वरिपरि मृग समेत पालिएको रहेछ र नजिकै बगिरहेको कालीगण्डकीको पानीलाई मन्दिरसम्म ल्याएर नुहाउन सहज बनाइएको मैले पाए ।
धार्मिक महत्त्व बोकेको पवित्र कालीगण्डकी नदीको किनारामा रहेको कालिका मन्दिरको मैले त दर्शन गरेँ । यसलाई अझ थप प्रचार–प्रसार गर्नुपर्छ भन्ने लागेर यो सानो आलेख लेखेको हुँ ।
(नमुना आवसीय माध्यमिक विद्यालय । कक्षा ७, पर्वत कुश्मा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राजागंज’को ट्रेलर : संविधान जारीपछिको मधेस आन्दोलन र अपहरणको कथा
-
जागरण अभियान बहुआयामिक र गुणात्मक भएको माओवादीको निष्कर्ष
-
केपी ओली कपले यातायात अस्तव्यस्त
-
चुडामणि शर्माविरुद्धको मुद्दामा प्रमाण झिकाउन सर्वोच्चको आदेश
-
सकियो 'हरिबहादुरको जुत्ता'को छायांकन, फूलपातीमा रिलिज हुने
-
प्रकृति लम्साललाई न्याय दिलाउने परराष्ट्रमन्त्री आरजुको प्रतिबद्धता