रियललाई शीर्ष स्थानमा १० अङ्कको अग्रता

काठमाडौँ । भिनिसियस जुनियरको दुई गोलको मद्दतले रियल मड्रिडले ओसासुनालाई हराउँदै स्पेनिस ला लिगाको शीर्ष स्थानमा १० अङ्कको अग्रता बनाउन सफल भएको छ । शनिबार भएको खेलमा रियल ४–२ गोलले विजयी बनेको हो ।
ब्राजिलियन फरवार्डले रियललाई खेलको चौथो मिनेटमा नै अग्रता दिलाएका थिए । तर, तीन मिनेटपछि नै एन्टे बुडिमिरले ओसासुनाका लागि बराबरी गोल फर्काए । १८ औँ मिनेटमा ड्यानी कार्भाहालले गोल गर्दै रियललाई पुनः अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा ३ मिनेटको अन्तरमा ब्राहिम डियाज र भिनिसियसले गोल गरेपछि रियलले खेलमा आफ्नो नियन्त्रण बनायो । इन्जुरी समयमा घरेलु टोलीका लागि इकेर मुनोजले एक गोल फर्काए पनि पुनरागमनका लागि ढिला भइसकेको थियो । खेलमा फेडेरिको भालभर्डेले रियलका तीनवटा गोलको लागि अवसर सिर्जना गरेका थिए ।
कार्लो एन्चेलोटीको नेतृत्वमा रियलले सबै प्रतियोगितामा हासिल गरेको यो २ सयौँ जीत थियो । उनको नेतृत्वमा रियल दोस्रो लिग उपाधितर्फ अग्रसर बनेको छ ।
२९ खेलपछि रियलको ७२ अङ्क छ । दोस्रो स्थानमा रहेको जिरोना शनिबार गेटाफेसँग १–० ले स्तब्ध बन्यो । टोलीको ६२ अङ्क छ । तेस्रो स्थानमा ६१ अङ्कसहित बार्सिलोना रहेको छ । बार्साले एक खेल कम खेलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वी युक्रेनमा रुसी हमला : ५ जनाको मृत्यु
-
बिनाधितोको ऋणमा विश्वासघातः नबिल बैंकद्वारा ऋण नतिर्ने ७४ जनाको नाम सार्वजनिक (सूचीसहित)
-
जहाँ रातभर उभिएर बत्ती बालिन्छ, यस्तो छ धार्मिक विश्वास
-
बाटो खन्ने क्रममा ढुङ्गा खसेर स्काभेटर चालकको मृत्यु
-
सुजाता नेतृत्वको कांग्रेस प्रतिनिधिमण्डलद्वारा चिनियाँ नेताहरूसँग छलफल
-
एनआरएनए उच्चस्तरीय समितिको बैठक आह्वान