माछा मार्ने क्रममा ललितपुरमा करेन्ट लागेर एक जनाको मृत्यु
काठमाडौँ । ललितपुर महानगरपालिका-२८ हरिसिद्धि कर्मनाशा खोलास्थित खोलामा माछा मार्ने क्रममा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका सल्यान कपुरकोट गाउँपालिका-४ घर भएका ४६ वर्षीय चन्द बहादुर एरीको शुक्रबार दिउँसो पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
उता म्याग्दीको रघुगंगा गाउँपालिका-७ चिमखोलास्थित टुण्डी हाईड्रोपावरद्धारा संचालित साउथ एसियन कन्ट्रक्सनमा काम गर्ने नुवाकोट घर भएका ३१ वर्षीय भिम बहादुर मगरको करेन्ट लागेर शुक्रबार साँझ मृत्यु भएको छ । हाईड्रो पावरको सुरूङभित्र विद्युत सम्बन्धी काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बेनी अस्पताल म्याग्दीमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै सुर्खेतको गुर्भाकोट नगरपालिका-१४ बस्ने ३६ वर्षीय धनराज सलामीको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ । आफ्नै सहदोर दाइ रेसम सलामीको घरको ढलान गर्ने क्रममा ढलानमा प्रयोग हुने भाईभरेट मेसिनबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेहलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिलाडेल्फिया विमान दुर्घटना : कारमा सवार परिवार समेत सखाप
-
१२ बजे, १२ समाचार : आमाबुबा र मावलीबाटै १४ वर्षीया किशोरीको हत्यादेखि सयौँ वर्ष पुराना चौतारा मासेर कोटिहोमलाई दाउरासम्म
-
शान्ति समाजको सभापतिमा पौडेल निर्वाचित
-
डोटीमा आठ करोडको सुन्तला उत्पादन
-
अन्तरराष्ट्रिय युवा सम्मेलनका अवसरमा महाकालीमा जलयात्रा
-
१० बजे १० समाचार : दुई दर्दनाक हत्याकाण्डदेखि नेपाललाई निराशासम्म