भारतको लोकसभा चुनावको मिति घोषणा, सात चरणमा मतदान हुने

नयाँ दिल्ली । भारतको निर्वाचन आयोगले शनिबार लोकसभा चुनाव २०२४ को मिति घोषणा गरेको छ। लोकसभा चुनाव सात चरणमा हुनेछ।
यो निर्वाचन प्रक्रिया मार्च २० तारिखबाट सुरु हुँदैछ र मतगणना जुन ४ मा हुनेछ । मार्च २० मा पहिलो सूचना जारी हुनेछ। पहिलो चरणमा अप्रिल १९ मा मतदान हुँदैछ ।
दोस्रो चरणअन्तर्गत मार्च २८ गते अधिसूचना जारी हुनेछ । भोटिङ अप्रिल २६ मा हुनेछ।
तेस्रो चरणमा ७ मे, चौथो चरणमा १३ मे र पाँचौँ चरणमा २० मेमा मतदान हुनेछ । छैटौँ चरणमा मे २५ मा मतदान हुँदैछ। जुन १ मा सातौँ चरणमा मतदान हुँदैछ ।
तीन चरणमा २६ विधानसभा सीटहरूमा उपचुनाव हुनेछ। यो निर्वाचन पनि आम निर्वाचनसँगै हुनेछ ।
लोकसभा चुनावमा ९७ करोड दर्ता मतदाता छन्। १०.५ लाख मतदान केन्द्र छन् । १.५ करोड चुनावी कर्मचारी रहनेछन् ।
निर्वाचनमा ५५ लाख ईभीएम मेसिन प्रयोग गरिने भएको छ । महिला मतदाताको संख्या ४७ करोड नजिक छ । २०२४ को चुनावमा करिब १ करोड ८२ लाख नयाँ मतदाताले भोट हाल्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्री भन्छन्ः जनताको आयु बढेको छ, यो परिवर्तन हैन र ?
-
रविन्द्र मिश्र र धवल शमशेरसहित २० जनालाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
रावणहरुको शासन मास्नु पर्छ : डा. प्रकाशचन्द्र लोहनी
-
न्युजिल्यान्ड क्रिकेट टोलीका प्रमुख प्रशिक्षकले अप्रत्यासित रूपमा गरे पद त्यागको घोषणा
-
बुद्धिमानको प्रश्नः राणा र मिश्र ढुंगा हान्ने र आगो लगाउने मान्छे हुन् ?
-
मधेस प्रदेशमा अझै कुप्रथाले जरा गाडेको छ : प्रधानमन्त्री