नेपाल जस्तो देशमा त संसद् अवरुद्ध हुनै हुँदैन : कानुनविद् सुवेदी
काठमाडौँ । कानुनविद् डा.सूर्य सुवेदीले नेपालमा संसद अवरुद्ध हुनु नहुने बताएका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसद् बैठक अवरुद्ध पारिरहेका बेला उनले सो टिप्पणी गरेका हुन् । शनिवार काठमाडौँमा आयोजित प्रा.सूर्य सुवेदीः महाविद्यावारिधिदेखि नोबेल शान्ति पुरस्कार मनोनयनसम्म’ नामक पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनका ज्ञाता सुवेदीले संसदको जननी मानिएको बेलायतमा कहिल्यै संसद् अवरुद्ध नहुने दृष्टान्त पेश गर्दै नेपालमा पनि अवरोध गर्न नमिल्ने तर्क गरे ।
उनले संसदमा जति पनि कुरा राख्न पाइने हुनाले संसद अवरोध गर्न आवश्यक नभएको पनि स्पष्ट पारे । कानुनविद सुवेदीले नेपालका राजनीतिक दलहरुले संसद अवरोध गर्ने कुरालाई प्रजातान्त्रिक अभ्यास भन्ने गरेपनि त्यो वास्तविक प्रजातान्त्रिक अभ्यास नभएको जिकिर गरे । नेपालमा धेरै कानुन, धेरै विकास गर्नुपर्ने र जनतालाई इम्पावर गर्नुपर्ने भएकाले पनि संसद् अवरुद्ध पार्ने काम गर्न नहुने उनको भनाई थियो ।
कानुनविद् सुवेदीले भने, ‘यो संसदीय प्रणालीलाई कसरी व्यवहारमा कार्यान्वयन गर्ने भन्ने चुनौती छ । संसदीय प्रणाली के हो भन्ने कुरा म दुईवटा उदाहरण दिन्छु यहाँहरुलाई । नेपालमा चाहीँ संसद् चलिरहेको बेला संसद अवरुद्ध गर्ने भन्ने छ । यदि बेलायत संसद्को जननी मुलुक हो भने त त्यहाँको अभ्यास हामीले हेर्नुपर्यो । त्यहाँ संसद् कहिल्यै अवरुद्ध हुँदैन । किन संसद अवरुद्ध हुँदैन भने पार्लियामेण्टमा जति पनि बोल्न पाइएको छ नि । सरकारको विरोध गर्न पाइराखिएकै छ नि । किन संसद् अवरुद्ध गर्ने ? नेपाल जस्तो देशमा त संसद् अवरुद्ध हुनै हुँदैन ।’
संसद् अवरुद्ध गर्नु प्रजातान्त्रिक अभ्यास नभएको समेत सुवेदीले बताए । ‘संसद् अवरुद्ध गर्ने कुरा यो कहाँबाट आयो ? फेरि मान्छेले भन्छन्–यो प्रजातान्त्रिक अभ्यास हो । म चाहीँ त्यसलाई प्रजातान्त्रिक अभ्यास ठान्दिन । मैले देखेको के छ भने–संसदीय व्यवस्थाबाट अहिले भएको संविधान मुलभूत रुपमा एकदम ठिक छ । तर यसलाई समयसापेक्ष संशोधन गर्नुपर्छ भन्ने मलाई लागेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : तीनवटा अध्यादेश ल्याउने मन्त्रिपरिषदको निर्णयदेखि वर्तमान सरकार संकटमा परिसकेको भन्दै विपक्षी दलको दौडधूपसम्म
-
तीन अध्यादेश ल्याउने सरकारको निर्णय
-
नेपाल स्काउटका निर्देशक भट्टराई निलम्बित
-
पुल भाँचिदा अवरुद्ध राजमार्ग ‘डाइभर्सन’ गरी सञ्चालनमा
-
जेसीबीको ठक्करबाट नागार्जुनमा बालिकाको मृत्यु
-
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन