कविता
आमा
शनिबार, ०३ चैत २०८०, १४ : ००
रोउँ भने कहाँ रोउँ आमा रुने ठाउँ भेटिएन ।
जोरछाँगाको पानीबिना तिर्सना नै मेटिएन ।।
पदेशमा आएँ आमा पीर नमानी बस्नु गाउँमा ।
बुढेसकाल लाग्यो अब नजानु है गाह्रो ठाउँमा ।।
फुले होला घरपारि लालीगुँरास राताम्य भई ।
यो साल पनि बिदा छैन अब क्यारी घर आउँ खै ।।
ऋण माग्न आउलान् आमा छोरा आएर दिन्छ भन्नु ।
ठूलो स्वर गर्लान् साहुले मुख नफर्काइ सोझी बन्नु ।।
कहाँ मन थियो मलाई जन्मभूमि छोडी आउन ।
हातमा ठेला फुटाएर तातो घाममा दिनहुुँ धाउन ।।
सात दिन भयो खाना छैन पेटमा सल कसेको छु ।
मन मुटुलाई गाँठो पारी पीडा सही बसेको छु ।।
बाँचे भने आउँछु आमा तिम्रो इच्छा पूरा गर्न ।
बुढेसकालमा थोरै भए नि मुहारमा हाँसो छर्न ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा
-
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदै
-
१० बजे १० समाचार : नारायणहिटीको आँगनबाट ओलीको ‘गाली’देखि अदालतमा दुर्गा प्रसाईंसम्म
-
आईपीटीपीमा सहभागी हुन सभामुख कम्बोडिया प्रस्थान
-
वरिष्ठ अभिनेता कृष्ण मल्ल नेपाल फिल्म सोसाइटीको अध्यक्षमा निर्विरोध निर्वाचित
-
झापाबाट खैरो हेरोइनसहित युवक पक्राउ