काठमाडौँ । बीआईए फाउन्डेसनले अपाङ्गता भएका व्यक्तिहरूको सहभागितामा शनिबार काठमाडौँमा ह्वीलचेयर रेस सम्पन्न गरेको छ । काठमाडौँको भृकुटीमण्डपबाट सुरु भएको म्याराथन भद्रकाली, सहिद गेट, न्युरोड गेट, रानीपोखरी, जमल, दरबार मार्ग हुँदै भृकुटीमण्डपमा आएर समापन भएको थियो ।
बीआईए फाउन्डेसनले आयोजना गरेको प्रतियोगितामा पुरुष र महिला गरी दुई प्रतिस्पर्धा गरिएको थियो । जसमा करिब २०० जना सहभागी भएको आयोजकले जनाएको छ।
दुवै प्रतिस्पर्धा विजेताले समान २५ हजार रुपैयाँ प्राप्त गरे । उपविजेताले १५ र तेस्रो स्थान हात पार्ने खेलाडीले १० हजार रुपैयाँ हात पारे ।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया