राष्ट्रपति पौडेलद्वारा जलेश्वरनाथको पूजा अर्चना
शनिबार, ०३ चैत २०८०, १० : ३५

महोत्तरी । राष्ट्रपति रामचन्द्र पौडेलले महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको पूजा अर्चना गरेका थिए । विभिन्न कार्यक्रममा सहभागी हुन आज बिहान महोत्तरी आइपुगेका राष्ट्रपति पौडेलले केहीबेर अघि जलेश्वर नगरपालिका–१ स्थित बाबा जलेश्वरनाथको पूजा अर्चना गरेका हुन्।
राष्ट्रपति पौडेललाई जलेश्वरनाथ महादेव मन्दिरका मुख्य पुजारी उपेन्द्र पाठकले बाबा जलेश्वरनाथको मूल गुफा (१६ भर्याङमुनि) जलभित्र रहेका जलेश्वरनाथ महादेवको विशेष पूजा अर्चना गराएका हुन् । उनले मन्दिर परिसरमा माता पार्वती र गणेशको पनि पूजाअर्चना गरेका थिए ।
बाबा जलेश्वरनाथको पूजापश्चात् राष्ट्रपति पौडेल जलेश्वर नगरपालिका–५ चौरिया गाउँमा अवस्थित पूर्वखेलकुदमन्त्री स्व गणेश नेपालीको सालिक अनावरण कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘धरान रन’को उपाधि केन्याली धावकलाई
-
जनकपुरमा चिकित्सक सम्मेलन सुरु
-
इन्टरनेशनल डेमा ५० वटा देश झल्काउने स्टलहरू, तस्बिरहरू
-
१७ देशका ४९ चलचित्रसहित १३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु
-
स्वयम्भू महोत्सव सुरु, मेयर बालेनले गरे उद्घाटन (तस्बिरहरू)
-
स्थानीय पाठ्यक्रममा मातृभाषा समावेश नहुँदा चिन्ता