कविता
बा
शनिबार, ०३ चैत २०८०, १० : २५

सानो हुँदा वाले केही गरेनन् लाग्थ्यो,
मेरा सपनामा छेकबार गरे लाग्थ्यो,
वाको त्यो मैलो कमिज,
ठाउँठाउँमा टालेका पाइन्ट,
चुहिएको त्यो पाइन्टको गोजी,
मेरो भविष्यको लागि खेदिदा खेदिदा,
पटपटी फुटेका ती पैताला,
ठेला उठेका ती हात,
पीडा लुकाएर मेरा लागी,
देखाएको त्यो मुस्कान,
आफ्नाले नै लगाएका ती वचन,
पटक पटक गरेका तिरस्कार,
कसरी सहे होलान् ?
आफ्ना जीवनका ती उर्वर दिनहरूमा,
त्यसैले,
सुख र खुसी के हो?
त्याग र समर्पण के हो?
वाको आँखाको आँसुको मोल के हो?
आज बुझ्दैछु,
जब जिम्मेवारीले,
आफ्नो थाप्लो मा च्याप्न लाग्यो,
यति छिटो गल्दैछु म ,
तर वा कैले गलेनन् ,
न त कैलै हार माने वा ले ,
र त आज सोच्दैछु ,
वा हुनु त्यति सजिलो रहेनछ,
वा ले कसरी सकेका रहेछन्,
सयौँ पीडा सहेर पनि ,
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको यात्रामा वर्षा बाधक बन्दा समर्थकको नाराबाजी, खेलाडी निराश
-
पटक-पटक नाकबाट रगत बग्छ ? हेमोफिलिया हुनसक्छ
-
वर्षाका कारण विश्वकप खेल्ने नेपालको सपना चकनाचुर
-
राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक : सभामुख घिमिरे
-
चमत्कारी उपदेशक
-
काश्मिरमा शक्तिशाली भूकम्प, दिल्लीसम्म झड्का