साबिक विजेता मुम्बईलाई हराउँदै बैंग्लोर फाइनलमा
![साबिक विजेता मुम्बईलाई हराउँदै बैंग्लोर फाइनलमा](https://npcdn.ratopati.com/media/news/sheyanka_fJ8DgyWFbp.webp)
बैंग्लुरु । वुमन्स प्रिमियर लिग (डब्लूपीएल) को एलिमिनेटर खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर पछिल्लो विजेता मुम्बई इन्डियन्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । अब रोयल च्यालेन्जर्स बैंग्लोरले आइतबार फाइनलमा दिल्ली क्यापिटल्सको सामना गर्नेछ ।
राजधानी दिल्लीमा शुक्रबार भएको एलिमिनेटर खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले मुम्बई इन्डियन्सलाई रोमाञ्चक रूपमा ५ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ रोजेको आरसीबीको टोलीले २० ओभरमा ६ विकेट गुमाएर १३५ रन बनाएको थियो ।
टोलीका लागि एलिस पेरीले सर्वाधिक ६६ रन बनाएकी थिइन् । उनी खेलको उत्कृष्ट खेलाडी घोषित भइन् ।
जवाफमा मुम्बई इन्डियन्सले ६ विकेटको क्षतिमा १३० रन मात्र बनाउन सक्यो । मुम्बईका लागि हरमनप्रीत कौरले सर्वाधिक ३३ रन बनाइन्। अमेलिया केरले २७ रनको योगदान दिएकी थिइन् ।
डब्लूपीएलको पहिलो सिजन (२०२३) को विजेता मुम्बई इन्डियन्सलाई फाइनलमा पुग्न अन्तिम ओभरमा १२ रन जोड्नु परेको थियो। तर आशा शोभनाको चुस्त बलिङका कारण टोलीले यो लक्ष्य हासिल गर्न सकेन । यस ओभरमा ६ रन मात्र बन्यो । यसरी आरसीबीले फाइनलमा आफ्नो स्थान पक्का गर्यो ।
यस पटकको डब्लूपीएल मा शीर्ष स्थानमा रहेका कारण दिल्ली क्यापिटल्स यसअघि नै फाइनलमा पुगेको छ । पछिल्लो पटक पनि दिल्ली क्यापिटल्स फाइनलमा पुगेको थियो ।
यस वर्षको डब्ल्यूपीएलमा जम्मा पाँच टोलीको सहभागिता रहेको थियो । यो प्रतियोगिता देशका दुई सहर बैंगलोर र दिल्लीमा मात्र आयोजना गरिएको हो । २३ फेब्रुअरीबाट सुरु भएको यस प्रतियोगिताको फाइनल आइतबार अर्थात् १७ मार्चमा दिल्लीमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुण्डेस लिगामा बायर्न म्युनिखको शानदार जित
-
भाइ, पत्नी र दुई छोरी गुमाएका एलीसहित तीन इजयाली बन्धक हमासको कब्जामुक्त हुँदै
-
२० लाख पर्यटक भित्र्याउने गरी पोखरा भ्रमण वर्ष घोषणाको तयारी
-
१२ बजे, १२ समाचार : रविको धरौटी तिर्ने बैंकले धोका खानेदेखि विपिन जोशीको रिहाइका लागि सभामुखको पहलसम्म
-
भारतमा पटाका कारखानामा विस्फोट हुँदा चार जनाको मृत्यु
-
साहित्य उत्सव : जनकपुरका विविध पक्षबारे मन्थन