पौडेल र बुढालाई पुरस्कृत गर्न सुन तस्करीसम्बन्धी छानबिन आयोगकाे सिफारिस
शनिबार, ०३ चैत २०८०, ०८ : १३
१

काठमाडौँ । सुन तस्करीसम्बन्धी छानबिन आयोगले कारबाहीको लागि मात्र नभएर केही कर्मचारीलाई पुरस्कृत गर्न समेत सरकारलाई सिफारिस गरेको छ । आयोगले उपनिर्देशक सन्तोष पौडेल र कम्प्युटर अपरेटर धनराज बुढालाई पुरस्कृत गर्न सिफारिस गरेको हो ।
उपनिर्देशक पौडेलले १८ दिनको अनुसन्धानमा २१ जना पक्राउ, ११ ठाउँमा खानतलासी, ३१ जनाको डिएफएल, फरारहरूको लोकेसन ट्रयाकिँग आदि काममा उल्लेखनीय सफलता हात पारेको आयोगको निष्कर्ष छ ।
त्यसैगरी कम्प्युटर अपरेटर धनराज बुढा आयोगको काममा अहोरात्र खटिएर सबैभन्दा बढी सक्रिय भूमिका निर्बाह गरेकोमा गृह मन्त्रालयबाट पुरस्कृत गर्न आयोगले सिफारिस गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विद्युत् पोलमा मोटरसाइकल ठोक्किएर एक जनाको मृत्यु
-
उपकुलपतिलाई प्राध्यापक संघको ७२ घण्टे अल्टिमेटम
-
भ्रष्टाचारमा दोषी सेवा निवृत्त कर्मचारीलाई पेन्सन दिने विषयमा रामहरि र दिलेन्द्रप्रसादको मत बाँझियो
-
पीसीबीबाट अझै पुरा पारिश्रमिक नपाएको प्रशिक्षक जासन गिलेस्पीको आरोप
-
‘कुलिङ पिरियड’ का पक्षमा अधिकांश सांसद एक ठाउँमा
-
अव्यवस्थित सहरीकरण विश्वमै समस्या : परराष्ट्रमन्त्री