मनि ट्रान्सफर सञ्चालकमाथि गोली हान्नेलाई कडा कारबाही गर्न आजपाको माग
रौतहट । आम जनता पार्टी (आजपा)ले रौतहटमा एक मनि ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार भएको घटनाको भर्त्सना गरेको छ ।
पार्टीका महासचिव त्रिभुवन साहले शुक्रबार राति विज्ञप्ति जारी गर्दै घटनामा संलग्नमाथि कडाभन्दा कडा कारबाहीको माग गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।
शुक्रबार दिउँसो परोहा नगरपालिका–९ स्थित खाप चोकमा शिव मनि ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साह माथि गोली प्रहार भएको थियो । काउन्टरमा काम गरिरहेको अवस्थामा मोटरसाइकलमा आएका ३ जनाले गोली प्रहार गरेका थिए । उनको घाइते अवस्थामा वीरगन्जमा उपचार भइरहेको ंछ ।
‘सीमा बाहिरबाट हतियार सहित आएर खुलेआम भएको यस हमलाले राज्य संयन्त्रको सुरक्षा व्यवस्था कति कमजोर छ भने कुरा स्पष्ट गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘साथै उपचारको क्रममा रहेका घाइते नितेश साहको शीघ्र स्वास्थ्य लाभको कामना सहित अपराधीलाई कडा भन्दा कडा कारबाही गर्न जोडदार माग गर्दछौँ ।’
रौतहट आजपाका अध्यक्ष प्रभु साहको गृहजिल्ला समेत हो । उनले समेत घटनाको गम्भीर अनुसन्धान गरेर दोषीलाई कारबाहीको माग गरेका छन् । प्रहरीले घटनामा संलग्न तीनै जना भारतीय नागरिकलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एलन मस्कको टेस्लाले स्मार्टफोन ल्याउन सक्ला ?
-
पारस खड्का जस्मिन पेन्ट्सको सद्भावनादूत नियुक्त
-
नेपाली चिया कफीको ऐतिहासिक परम्पराको सम्मान बढाउने उत्पादन
-
बालाचतुर्दशी : पशुपतिनाथको कैलाशमा पसल राख्न प्रतिबन्ध
-
हवाई आक्रमणले तहसनहस पारिएका घरमा फर्किए लेबनानी
-
१२ बजे, १२ समाचार : विद्युत् बक्यौतामा सरकारी छेकबारविरुद्ध कुलमानको नयाँ जुक्तिदेखि युद्धविराम भएसँगै इजरायलले नेपालबाट केयरगिभर लैजानेसम्म