कांग्रेसको संसद् अवरोध सरकार छोड्नुपर्दाको पीडा : प्रमुख सचेतक बर्तौला

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले शुक्रबारको कांग्रेसले गरेको संसद् अवरोधलाई सरकार छोड्नुपर्दाको पीडाका रूपमा चित्रण गरेका छन् ।
शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कांग्रेसले सरकार छोड्नुपर्दाको पीडा एक हप्ता पनि सहन नसकेको बताए । उनले कांग्रेस पानी बिनाको माछा झैँ छटपटी रहेको बताए ।
प्रमुख सचेतक बर्तौलाले संसदमा अवरोध गर्ने, संसदीय सबै प्रक्रियाहरू अघि बढ्न रोक्ने कामलाई लाज पनि लजाउने अवस्था भएको टिप्पणी गरे । उनले कांग्रेसले आफूलाई जिम्मेवार प्रतिपक्षका रूपमा उभ्याउन सक्नुपर्ने बताए ।
उनले भने, ‘नेपाली कांग्रेस सरकार छोड्दाको पीडा एक हप्तासमेत पनि सहन नसक्ने यस किसिमको छटपटीमा कांग्रेस हुन्छ होला भन्ने लागेको थिएन । कांग्रेस पानी बिनाको माछा झैँ छटपटी जस्तो भएको छ । तीन दिन भयो विश्वासको मत लिएको सरकारले । यस प्रकारले काँग्रेसले आजैदेखि संसदमा अवरोध गर्ने, संसदीय सबै प्रक्रियाहरू अघि बढ्न रोक्ने जे अवस्था सिर्जना ग¥यो, यसले वास्तमा लाज पनि लजाउने अवस्था भएको छ । नेपाली काँग्रेसले आफूलाई सोच्नुपर्छ । जे उहाँहरूले गर्नुभयो, यति महत्त्वपूर्ण विनियोजन विधेयकका प्राथमिकतामा छलफल थियो, त्यसमा पनि विरोध गर्नुभयो, काँग्रेसले जिम्मेवार प्रतिपक्षका रूपमा उभ्याओस्, यो आग्रह छ ।’
प्रमुख सचेतक बर्तौलाले कांग्रेसले संसद् अवरोध गर्दा महत्त्वपूर्ण विधेयकहरूमा छलफल गर्नबाट वञ्चित हुनुपरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा