भ्रष्टाचार गरेको प्रमाण ल्याए २४ घण्टाभित्र कारबाही गर्ने श्रममन्त्रीको चेतावनी

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले भ्रष्टाचार गरेको प्रमाण ल्याए २४ घण्टा भित्रै कारबाही गरिने बताएका छन् । शुक्रबार कोरिया रिटर्नीहरुको छलफलको क्रममा मन्त्री अर्यालले भ्रष्टाचार गरेको पाइए तत्काल कारबाही गर्ने बताएका हुन् ।
श्रमिकलाई कुनै पनि बहानामा कसैले ठगी गरेमा तत्काल कारबाही गरिने बताए । कोरिया रिटर्नीहरुका समस्या सम्बोधनका लागि फास्ट ट्र्याकमा प्रक्रिया अगाडी बढाइने बताए । ‘तपाईंहरुको समस्याका विषयमा सम्बन्धित निकायसँग बसेर छलफल गर्नेछु । आवश्यक परेमा तपाईंहरुलाई नै राखेर छलफल गराउने छ,’ मन्त्री अर्यालले भने ।
कोरिया रिटर्नीहरुले कोरिया जाने श्रमिकहरू इपीएसका कर्मचारीहरूबाटै ठगिने गरेको गुनासो मन्त्री अर्यालसमक्ष गरेका थिए । उनीहरुले रोष्टरमा रहेका रिटर्नी तथा महिलाहरूको फाइल कोरियाका रोजगार दातासम्म पुर्याउनुपर्ने, गत असार १० गते ईपीएस कोरिया शाखा कार्यालयले ईपीएस नेपाल रिटर्नीसँग गरेको सम्झौता कार्यान्वयन गर्नुपर्ने लगायतका विषय उठान गरेका थिए ।
ईपीएस कोरिया शाखा कार्यालयमा भ्रष्टाचार हुने गरेको भन्दै उनीहरूले त्यस्ता कर्मचारीहरूमाथि कारबाही गर्न माग गरेका थिए । जवाफमा मन्त्री अर्यालले प्रमाण ल्याएको खण्डमा २४ घण्टाभित्रमा कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत हुने एडीबीको प्रक्षेपण
-
आन्दोलनरत शिक्षकहरूको मागप्रति नेपाल बुद्धिजीवी सङ्गठनको ऐक्यबद्धता
-
संखुवासभामा शैक्षिकसत्र सुरु नहुँदै पाठ्यपुस्तक पुग्यो
-
नेपालले अफगानिस्तानलाई दियो १९२ रनको लक्ष्य
-
चैत १५ को घटनापछि एकीकृत समाजवादीले संशोधन गर्यो आन्दोलनको कार्यतालिका (पत्रसहित)
-
ट्रम्पको घोषणापछि धमाधम घट्न थाल्यो भारतीय फर्मा कम्पनीहरूको सेयर मूल्य