त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसँग नेविसंघले माग्यो भिजन पेपर

नेपाल विद्यार्थी संगठन (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालसँग ‘भिजन पेपर’ माग गरेको छ । नेविसंघ त्रिवि जिल्ला समितिले उपकुलपति बराललाई भेटेर भिजन पेपर माग गरेको हो । खुला प्रतिस्पर्धाबाट उपकुलपति बनेका बरालसँग अध्ययनका लागि भिजन पेपर माग गरेको हो ।
नोविसंघ त्रिवि जिल्ला अध्यक्ष विष्णु बडैलाले उपकुलपतिका लागि आवेदन दिँदा पेस गरेको भिजन पेपर हेर्ने र त्यही आधारमा कार्यकालभर काम भए/नभएकोबारे हेर्ने भन्दै भिजन पेपर माग गरेको बताए ।
‘हामीले कुनै प्रकारको ज्ञापन पत्र तथा माग पत्र राखेनौँ । उहाँले उपकुलपति नियुक्तिका लागि आवेदन दिँदा पेस गर्नुभएको भिजन पेपर माग्यौ । ताकी हामीले चार वर्ष उहाँले भिजन पेपर अनुसार काम गर्नुभयो वा भएन भनेर हेर्नलाई । त्यही आधारमा हामीले सहयोग तथा खबरदारी गर्छौ’ अध्यक्ष बडैलाले भने ।
उपकुलपति बरालले आफ्नो भिजन परेर दिएका थिए । अब नेविसंघले भिजन पेपरको आधारमा उपकुलपतिको कार्यको मूल्याङ्कन गर्ने अध्यक्ष बडैलाले बताए ।
भेटको क्रममा नेविसंघले उपकुलपति बराललाई विगतमा भएका पटक पटकका सहमतिहरू समेत कार्यान्वयन गर्न आग्रह गरेको थियो । अहिले पनि विगतमा गरिएका सहमति कार्यान्वयन गर्न अग्रसर भएर लाग्न उपकुलपति बराललाई नेविसंघले आग्रह गरेको हो ।
विश्वविद्यालय सुधारको लागि आफूहरू हरदमसम्म सहयोग गर्न तयार रहेको अध्यक्ष बडैलाले बताए । उपकुलपति बरालले विश्वविद्यालय सुधारको जिम्मेवारी सबैको भएको भन्दै विद्यार्थीहरूलाई समेत सहयोग गर्न आग्रह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सीको अनुपस्थितिमा इन्टर मियामीको लगातार तेस्रो जित
-
विदेशी शक्तिको आडमा राजावादी सक्रिय भएको माओवादीको आशंका
-
५०० मेगावाट क्षमताका ४० सोलार आयोजनाले पाए सर्भे अनुमति
-
सबै मानिस जागिर मात्रै खोज्छन् : प्रधानमन्त्री ओली
-
महिला न्यायाधीशहरु न्यायालय र न्यायप्रणालीको गौरव हुनुपर्छ : प्रधानन्यायाधीश राउत
-
काठमाडौँ विश्वकै तेस्रो प्रदूषित सहर