जहाँ खुलेआम किन्न पाइन्छ बेहुला र बेहुली

शाङ्हाई । बजारमा हामी प्रायः आफ्ना आवश्यकताका चिजबिज किन्छौँ । केही स्थानमा हामीले कल्पनै नगरेको सामान पनि किन्न पाइन्छ । यति बेला सामाजिक सञ्जालमा चीनको एउटा भिडियो भाइरल भइरहेको छ । यो ठाउँमा मान्छे आफूलाई चाहिएको जस्तो बेहुला र बेहुली किन्न आउँछन् ।
यो बजार साङ्हाईमा छ । यहाँ महिलाहरू आफ्ना लागि श्रीमान् खोज्न आउँछन् भने पुरुषहरू श्रीमती खोज्न आउँछन् । यहाँ बेहुला बेहुलीको परिवारका सदस्यहरू आमा पिता, हजुर बुबा हजुर आमा समेत उपस्थित हुन्छन् । यो बजारबारे बेला बेलामा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा चर्चा भइरहेका छन् । पछिल्लो समय भने ह्यारी जर्गार्ड नाम गरेका अमेरिकी युवकले आफ्नो भेरिभाइड खाताबाट इन्ष्टाग्राममा यसबारे एउटा पोष्ट गरे पछि यसको चर्चा चुलिएको छ ।
ह्यारी स्वयम् आफ्ना लागि बेहुली खोज्न सो बजारमा गएका थिए । भिडियोमा उनले बजारमा आएका युवा युवतिहरूसँग कुराकानी समेत गरेका थिए । यो भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । अहिलेसम्म यो भिडियोमा १ करोड ३८ लाखभन्दा धेरै भ्युज पाइसकेको छ । सवा ४ लाख पटक भिडियो शेयर भएको छ । भिडियोमा रमाइलो रमाइलो प्रतिक्रिया आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाद्वारा ७३ बालबालिकाको उद्धार
-
चितवन पुगेर नारायणकाजीले भने– मलाई बोल्न अवरोध गर्न खोजियो
-
क्रान्तिकारी कम्युनिस्ट पार्टीको बैठकमा ५ विषयमा छलफल: ट्रम्पको प्रशंसा, ओलीको आलोचना
-
कंगोमा जारी युद्धमा ७ हजार मारिए
-
पहिलो पत्नीको आरोपलाई उदित नारायणले भने- ‘ब्ल्याकमेलिङ’
-
७ महिनामा ५२ करोडको कोदो आयात