स्थायी कमिटी बैठक
माओवादी केन्द्रको विधान फाइनल, स्थायी कमिटीले दियो अन्तिम रुप
शुक्रबार, ०२ चैत २०८०, १८ : ०५

काठमाडौँ । माओवादी केन्द्रको स्थायी समिति बैठकले पार्टीको विधान सम्पादनसहित पारित गरेको छ । शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले पार्टीको विधानलाई अन्तिम रुप दिएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
'अधिवेशनबाट मूल स्प्रिट त पहिले नै पास भएको हो । अहिलेचाहिँ हामीले विहङ्गम रूपमा त्यसलाई समृद्ध बनाउनका लागि छलफल भएको छ । छलफलपछि विधान सम्पादन सहित फाइनल भएको छ’, उनले भने।
यसैगरी राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले माओवादी केन्द्रको सम्पूर्ण जिम्मेवारीबाट दिएको राजीनामा पनि बैठकले स्वीकृत गरेको छ । दाहाल फागुन २९ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए ।
बैठकले नेताको कार्याविभाजन, दुई चरणको अभियान लगायत विषयमा पनि निर्णय गरेकाे सचिव दीनानाथ शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगमा चेल्सी फेरि हार्यो
-
दोस्रो स्थानको आर्सनललाई घरेलु मैदानमै झट्का
-
महाशिवरात्रि : आकर्षक बनाइँदै पशुपति क्षेत्र
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश