बजारमा सुशासन नआएसम्म देशमा सुशासन आउन सक्दैन : सभापति खांन
काठमाडौँ । उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खांनले बजारमा सुशासन नआएसम्म देशमा सुशासन आउन नसक्ने बताएका छन् । शुक्रबार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा उद्योग मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
सभापति खांनले सरकारले बजारलाई सुरक्षित, मर्यादित, नियमित र संरक्षित गर्न सक्नुपर्ने बताए । उनले मुलुकमा सुशासनको परिकल्पना गर्नु भनेको बालुवामा पानी खनाउनु सरह भएको बताए ।
सभापति खांनले मुलुकमा उत्पादन बढाएर वितरण गरी उपभोगसम्म पुग्नुपर्ने बताए । उनले उत्पादन वृद्धि, वितरण गरी उपभोक्ता माझ पुर्याउने कुरालाई सरकारले नियमन गर्न सक्यो भने मात्रै बजार सुरक्षित, नियमित र असल हुने विश्वास व्यक्त गरे । उनले बजार असल हुने बित्तिकै सम्पूर्ण जनता पनि सुरक्षित हुने बताए ।
सभापति खांनले राज्य उपभोक्ताको विषयमा कमजोर भन्दा पनि निर्मम हुन आवश्यक रहेको बताए । उनले राज्यले बाल प्रवृत्ति देखाउँदा उपभोक्ता र उपभोग्य वस्तुमा गुणस्तरहीनता आउने गरेको बताए । उनले सरकारले कसैको दबाबमा खानेकुरा देखेपछि उतै लम्कने प्रवृत्ति हटाउनुपर्ने बताए । उनले राज्य निर्मम भएपछि मात्रै मुलुकमा सुशासन कायम गर्न सकिने बताए । उपभोक्ता र उपभोग्य वस्तुसम्बन्धी भएका नियम, कानुनहरू समयमा नै कार्यान्वयन र संशोधन गरे मात्रै कानुनी राज्यको जनतामा आभास हुने उनको भनाइ छ । उनले सरकारले गुणस्तरहीन वस्तु उत्पादन र व्यापार गर्नेलाई नियमन गर्न खुट्टा कमाउनु नहुने उल्लेख गरे ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले स्वच्छ र प्रतिस्पर्धी बजार अहिलेको आवश्यकता भएको बताए । उनले निजी क्षेत्रले गुणस्तरीय वस्तु उत्पादन, नाफा र अर्थतन्त्रमा योगदान गर्नुपर्ने विषय उपभोक्ताको क्षेत्रमा काम गर्नेलाई नचाहिने भन्ने नहुने बताए । उनले निजी क्षेत्र सबल नभएसम्म निजी क्षेत्रले गुणस्तरीय वस्तु उत्पादन गर्न नसक्ने बताए । उनले सरकारी निकायहरू कारबाही गर्नकै लागि खडा नभएको बताए । उनले उपभोक्ता कर्मीले उठाएका विषयमा निजी क्षेत्रलाई कारबाही गर्ने मात्रै नभएर उपभोक्ताको हितमा काम गर्ने सरकारी निकायहरू उपभोक्ताहरूको अधिकार सुरक्षित गर्न र निजी क्षेत्रलाई कसरी प्रोत्साहन गर्नेगरी खडा भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई वर्षमा सूर्यविनायक–धुलिखेल सडक निर्माण ३५ प्रतिशतमात्र
-
चीनबाट आउने सामानमा अतिरिक्त महसुल लगाउँदै ट्रम्प
-
प्रादेशिक अस्पताल गौरमा पहिलो पटक आङ खस्ने रोगको अपरेसन
-
सिरहाबाट नलकटुवा पेस्तोलसहित दुई जना पक्राउ
-
भारत र अमेरिकाका विदेशमन्त्रीहरूको भेटवार्तामा के भयो कुराकानी ?
-
नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’