अपराध
विराटनगरमा एक स्टाफ नर्सको हत्या
शुक्रबार, ०२ चैत २०८०, १५ : १७

विराटनगर । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एक स्टाफ नर्सको हत्या भएको छ ।
हत्या हुनेमा सिरहा घर भएकी २२ वर्षीया चन्द्रीका कुमारी दास रहेको प्रहरीले जनाएको छ ।
उनको शव अस्पताल नजिकै रहेको डेराको बाथरूममा फेला परेको प्रहरीले जनाएको छ । शवको प्रकृति हेर्दा हत्या भएको जस्तो देखिएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट छ । उनको हत्यापछि शव छाडेर व्यक्ति फरार भएको पाइएको मोरङ प्रहरीका डीएसपी रञ्जन दाहालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३.४४ अंकले घट्यो नेप्से, घट्यो कारोबार
-
रोनाल्डोको होटलमा आगलागी
-
बल्खुबाट राप्रपाको खबरदारी : भातपानी बन्द गर्नेदेखि बंगलादेश र श्रीलंका बनाउने चेतावनी !
-
त्रिविका उपकुलपति बरालको राजीनामा सनाखतपछि स्वीकृति गरिने
-
रवि थुनामा गएपछि रास्वपाले बोलायो सचिवालय बैठक
-
महाकालीमा बाँध निर्माण नहुँदा जोखिममा बस्ती