पशुपतिस्थित वनकालीको जंगलमा किशोरीको शव फेला
शुक्रबार, ०२ चैत २०८०, १४ : ४५

काठमाडौँ । काठमाडौँको पशुपतिनाथ मन्दिर क्षेत्रको वनकालीको जंगलमा किशोरीको शव भेटिएको छ । सिन्धुली घर भएर कपन बस्ने १९ वर्षीया सुस्मिता थापा झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन् । जंगलमा झुन्डिएको अवस्थामा शव फेला परेको प्रहरी वृत्त गौशालाका डीएसपी केशव थेवेले रातोपाटीलाई बताए ।
बिहिबार बिहान घरबाट क्याम्पस जान्छु भनेर हिँडेकी उनी सलको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेकी हुन् । मृतक थापा रिलायन्स एकेडेमीमा पढ्थिन् । कपनस्थित बालुवाखानीमा बस्ने सुस्मिताको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । उनी कपनस्थित बालुवाखानीमा बस्थिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानसिक स्वास्थ्य सुधार गर्न अपनाउनुपर्ने ५ बानी
-
पूर्व क्रिकेटरको धोनीमाथि कडा टिप्पणी- उनले दुई सिजन अगाडि नै सन्यास लिनुपर्थ्यो
-
आँटेको पुर्याइदेउ बागलुङ कालिका...
-
ट्रम्पको ‘ट्यारिफ’ घोषणाले विश्व शेयर बजार चौपट, सांघाई र हङकङमा कारोबार ढिला सुरु हुने
-
सुपुष्पालाई १० प्रश्न
-
दक्षिण एसियाली जुनियर टेबलटेनिस प्रतियोगताका लागि १२ खेलाडी चयन