बन्द रंगशालामा आज नेपालले मलेसियासँग अभ्यास खेल खेल्दै

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीले शुक्रबार साँझ मलेसियासँग उसैको घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्दैछ । खेल नेपाली समय अनुसार, साँझ ७ः४५ बजे सुरु हुनेछ । फिफा विश्वकप छनोट फुटबलको बहराइनविरुद्धको खेलको तयारीका लागि मलेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागिएको हो । नेपालले बहराइनविरुद्धको विश्वकप छनोट खेल उसैको घरेलु मैदानमा खेल्ने भएको छ ।
अखिल नेपाल फुटबल संघका अनुसार, नेपाल र मलेसियाबिचको मैत्रीपूर्ण खेल बन्द रंगशालामा खेलिने छ । उक्त खेलमा दर्शकलाई प्रवेश दिइने छैन । उक्त मैत्रीपूर्ण खेलको प्रत्यक्ष प्रशारण पनि गरिने छैन । अनौपचारिक अभ्यास खेल खेल्न मलेसिया पुगेको नेपाली टोलीमा खेलाडी र प्रशिक्षकका अतिरिक्त ठूलो सँख्यामा पदाधिकारीहरु पनि छन् । मलेसिया पुगेको नेपाली टोलीमा १० जना पदाधिकारी छन् ।
अनावश्यक रुपमा ठुलो सँख्यामा पदाधिकारी मलेसिया पठाएपछि युवा तथा खेलकुद मन्त्रालयले एन्फालाई कारवाही गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई निर्देशन दिएको छ ।
विश्वकप छनोटअन्तर्गत नेपाल र बहराइनबिचको दुबै खेल बहराइनमै खेलिने छ । नियम अनुसार, नेपालले एउटा खेल आफ्नो घरेलु मैदानमा खेल्नु पर्ने हुन्थ्यो । तर, दशरथ रंगशालाको अवस्था सन्तोषजनक नरहेको भन्दै दुबै खेल बहराइनमा खेलाउन लागिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘३५ वर्षसम्म देश लुटेकाहरूको जेलभित्र दश दान र बैतर्नी गर्ने अन्तिम इच्छा छ’
-
रवि लामिछानेको मुटुमा तेजाब छ, भ्रष्टहरू जल्छन् : हरि ढकाल
-
बानेश्वर क्याम्पसका स्ववियु सदस्य ठकुल्ला पहिलो बैठक नै नबसी बिदेसिए
-
थियटर फेस्टिभलभित्र ‘इन्स्टलेसन आर्ट’
-
मध्यरातमा भारतबाट बिरामी लिएर भट्टेडाँडा आइपुगेको एम्बुलेन्समा ट्रामाडोल
-
काठमाडौँ महानगरको सूचनाः वडा कार्यालयमा दर्ता गराएर मात्र कुकुर बिरालो पाल्नुहोस्