मुलुकको शासन प्रणालीमा आमूल परिवर्तन गर्नुपर्छ : वामदेव गौतम
शुक्रबार, ०२ चैत २०८०, १४ : ३७

काठमाडौँ । राष्ट्रिय सभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले मुलुकको शासन प्रणालीमा आमूल परिवर्तन गर्नुपर्ने बताएका छन् ।
राजतन्त्रलाई अन्त्य गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएपनि शासन प्रणाली, उत्पादन प्रणाली र निर्वाचन प्रणाली त्यही भएकाले यसमा आमूल परिवर्तन आवश्यक रहेको सांसद गौतमको भनाई थियो । शुक्रबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले ३ वटा क्षेत्रमा आमूल परिवर्तन नभएसम्म मुलुक अगाडि बढ्नै नसक्ने जिकिर समेत गरे ।
सांसद गौतमले सरकारले एक वर्षमा पूरा हुनेगरी आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता नराखेको भन्दै असन्तुष्टि व्यक्त समेत गरे ।
सांसद गौतमले बजेटको प्राथमिकता र सिद्धान्त १० वर्षमा पूरा गर्ने खालको भएकाले पनि यसको सान्दर्भिकता नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु
-
वडाअध्यक्षको भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक
-
एसइईका लागि बैतडीमा २७ परीक्षा केन्द्र तोकिए