मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार*

रौतहट । रौतहटमा एक मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार भएको छ । परोहा नगरपालिका–९ स्थित शिव मनी ट्रान्सफरका सञ्चालक नितेश साहमाथि शुक्रबार दिउँसो गोली प्रहार भएको हो ।
मोटरसाइकलमा हतियारसहित तीन जनाको सङ्ख्यामा आएका लुटेराहरूले करिब ५२ लाख रुपैयाँ लुटपाट गरेका हुन् । सो क्रममा सञ्चालक नितेश साहलाई काउन्टरबाट बाहिर निकालेर अभियुक्तहरुले गोली प्रहार गरेका थिए । गोली साहको कन्चटमा लागेको र उपचारका लागि वीरगन्ज पठाइएको रौतहटका एसपी महेन्द्र श्रेष्ठले जानकारी दिए ।
रकम लुटपाट गरेर भागेका उनीहरूलाई प्रहरीले घटनाको केहीबेरमा नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भारतीय नागरिक मुनिस कुमार यादव, राजा कुमार पासवान र चन्द्रभान सिंह रहेका छन् । उनीहरु भारतीय नम्बर प्लेटको एउटै मोटरसाइकलमा आएका थिए । प्रहरीले अभियुक्तहरुको साथबाट मोटरसाइकलका साथै लुटिएको रकम र पेस्तोल बरामद गरेको छ ।
*यसअघि प्रकाशित समाचारमा ग्लोबल आईएमई बैंकको नाम उल्लेख हुन पुगेकाले क्षमायाचनासहित सच्याइएको छःसम्पादक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन
-
नारायणी किनारमा चैत्र ३१ गते साङ्गीतिक कन्सर्ट हुने
-
१० बजे १० समाचार : फरार दुर्गाको सन्देशदेखि नेपालको रेकर्डसम्म