सुन तस्करी जाँचबुझ प्रतिवेदन
उपन्यायाधिवक्ता घिमिरे र शर्मालाई कारबाही गर्न सिफारिस
शुक्रबार, ०२ चैत २०८०, १३ : ३२

काठमाडौँ । ६० किलो सुन र भेप प्रकरणमा त्रुटिपूर्ण अभियोजन गरेको आरोपमा दुई जना उपन्यायाधिवक्तालाई विभागीय कारबाही गर्न सिफारिस गरिएको छ ।
सरकारी वकिल कार्यालय काठमाडौँका उपन्यायाधिवक्ता बासुदेव शर्मा र जनक घिमिरेलाई कारबाहीको सिफारिस भएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । डिल्लीराज आचार्य नेतृत्वको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले दुई उपन्यायाधिवक्ताले गलत अभियोजन गरेको छ ।
उपन्यायाधिवक्ता घिमिरे अहिले महान्यायाधिवक्ता कार्यालयमा र शर्मा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा कार्यरत छन् । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा उनीहरुले मुद्दा अभियोजन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहाको नवराजपुरमा सर्पदंश उपचार केन्द्र स्थापना
-
कक्षा ५ मा पढ्दै गर्दा बिहे भएपछि...
-
१५ खेलको प्रतिबन्धमा परे मार्सेलीका अध्यक्ष पाब्लो
-
चलखेलमा सुपारी आयात खुला, ओली सरकारको ‘कनेक्सन’ !
-
ट्रम्पको पहिलो क्याबिनेट बैठकमा मस्कले भने- मलाई ज्यान मार्ने धम्की आइरहेको छ
-
इतिहासकै सबैभन्दा ठूलो क्रिप्टो चोरी भएपछि एफबिआईले के भन्यो ?