बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

तलबको माग गर्दै फतुवा विजयपुरमा तेस्रो दिन पनि शिक्षकहरूको धर्ना जारी

शुक्रबार, ०२ चैत २०८०, १२ : ५९
शुक्रबार, ०२ चैत २०८०

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकामा  तलबको माग गर्दै  आन्दोलनरत शिक्षकहरू आज तेस्रो दिन पनि धर्ना जारी राखेका छन्।

शुक्रबार कार्यालय समय सुरु हुनासाथ बिहान १० बजे देखि दुई दर्जन बढीको सङ्ख्यामा शिक्षक र शिक्षिका नगरपालिका अगाडी धर्नामा बसेका हुन्। खातामा तलब नगएसम्म धर्ना जारी राख्ने अडान सहित धर्ना बसेका ४ माबिका प्रधानाध्यापक सहित १६ विद्यालयका प्रधानाध्यापकहरुले वार्षिक परीक्षा बहिष्कार गरेका थिए।

बहिष्कारको कारण केही विद्यालयमा परीक्षा सञ्चालन भएको छ भने केही विद्यालयमा स्थगित भएको छ। नगरक्षेत्र अन्तर्गत ३२ विद्यालयमा अध्ययनरत कक्षा १ देखि ९ सम्मका झन्डै ६ हजार बालबालिका मध्ये १६ विद्यालयका ३ हजार विद्यार्थी वार्षिक परीक्षामा सहभागी भएका छन् भने त्यतिकै सङ्ख्यामा विद्यार्थीहरू परीक्षा दिनबाट वञ्चित भएका हुन्।

फतुवा विजयपुर नगरक्षेत्र अन्तर्गत प्रस्तावित सहित ७ माबि ४ निमाबी र २१ प्राथमिक विद्यालयमा कार्यरत २०४ शिक्षक कर्मचारी तथा अन्य क्षेत्रमा कार्यरत गरी ३५० कर्मचारी गत साउन देखि हालसम्म तलब पाएका छैनन्।

होली पर्व आउन मात्र १० दिन बाँकी छँदा तलब पाउने सम्भावना कम देखिएको भन्दै नगरका शिक्षकहरू गत बुधवार बिहान १० बजेदेखि नगरपालिका अगाडी धर्ना बस्दै आएका छन्।

जबसम्म शिक्षक कर्मचारीको खातामा तलब जाँदैन वार्षिक परीक्षा सञ्चालन नगर्ने शिक्षकहरूबिच सहमति अनुसार धर्ना जारी रहेको माबी विजयपुरका प्रधानाध्यापक शंकर राय यादवले बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप