सीआईबी प्रमुख किरण बज्राचार्यलाई सरुवा गर्ने तयारी

काठमाडौं । केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यलाई सरुवा गर्न तयारी थालिएको छ । बज्राचार्यलाई सरुवा गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजान छलफल भइरहेको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
सुन तस्करी जाँचबुझ आयोगले एआईजी बज्राचार्यसहित ४ प्रहरी अधिकृतलाई कारबाही गर्न सिफारिस गरेको छ । ब्युरोले ६० केजी र भेपमार्फत भएको सुन प्रकरणको अनुसन्धान गरेको थियो ।
अनुसन्धानमा सीआईबीको गम्भीर त्रुटि देखिएको आयोगको अनुसन्धान निष्कर्ष छ । ६० किलो सुन अनुसन्धान समितिका संयोजक प्रहरी उपरीक्षक सञ्जयसिंह थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई पनि आयोगले कारबाही गर्न सिफारिस गरेको छ ।
सुन तस्करीमा संलग्न आरोपी जीवन चलाउनेप्रति एआईजी बज्राचार्य ‘नरम’ देखिएको आयोगको ठहर छ । चलाउनेलाई सीआईबीले प्रतिवादी कायम गरे पनि सुरुमा कागज गरेर छाडेको छानबिनबाट देखिएको छ ।
प्रतिवेदनले दोषी ठहर गरेपछि उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले बज्राचार्यलाई सरुवा गर्न तयारी गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु, चालक फरार
-
काठमाडौँ महानगरले ‘काठमाडौँ शैक्षिक मेला’ गर्दै
-
स्रोतको चर्को चाप : नयाँ बजेटको गृहकार्य तीव्र
-
सेल्फी पार्कको मानवनिर्मित विशाल शालग्राम
-
अर्थ मन्त्रालयद्वारा नयाँ बजेटको गृहकार्य तीव्र, स्रोतको चर्को चाप
-
चिनियाँ कम्पनीले फिर्ता लियो एकल कर्मचारीलाई बिहे गर्न दिएको अल्टिमेटम