लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन आज रातिबाट अन्त्य
शुक्रबार, ०२ चैत २०८०, १२ : १९

बुटवल । लुम्बिनी प्रदेशसभाको अधिवेशन आज रातिबाट अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले आज राती १२ बजेबाट अधिवेशनको अन्त्य गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालले एक सूचना जारी गर्दै चालू अधिवेशन आज राती १२ बजेबाट अन्त्य हुने जनाएका छन् ।
लुम्बिनी सभाको बैठक चैत ४ गते बस्ने तयारी थियो । सत्ता समीकरण फेरबदलसँगै सरकारले अधिवेशन अन्त्य गर्नका लागि बिहीबार प्रदेश प्रमुखलाई पत्राचार गरेको थियो । सोही आधारमा प्रदेश प्रमुख शेरचनले अन्त्य गरेका हुन् । लुम्बिनी प्रदेशमा यसअघि यो अधिवेशन जम्मा ३ वटा मात्रै बैठक बसेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाहीमा रेबिज भ्याक्सिनको चरम अभाव, बिरामीहरू महँगोमा निजी क्लिनिक जान बाध्य
-
वर्षमान र जनार्दनलाई दायाँबायाँ लगाएर मर्निङवाकमा प्रचण्ड
-
आजदेखि माओवादीको तराई–मधेस जनजागरण अभियान ः के–के हुँदैछ ?
-
पाकिस्तानको भविष्य तय गर्ने न्युजिल्याण्ड र बंगलादेशको भिडन्त आज
-
बागमती गोल्डकप : चर्च ब्वाइज र मच्छिन्द्र क्लब भिड्दै
-
भारत र पाकिस्तानबिचको खेलमा बने यी रेकर्ड