‘पुजार सार्की’को स्क्यान्डल : आर्यनको दृश्य लिक भयो भन्दै प्रचार

काठमाडौंँ । अहिले छायाङ्कनमा रहेको फिल्म हो ‘पुजार सार्की’ । फिल्म कास्कीको कास्कीकोटमा छायाङ्कन भैरहेको छ । छायाङ्कन चलिरहेको समय फिल्मको २५ सेकेन्ड लामो भिडियो युट्युबमा अपलोड भएको छ । भिडियो युट्युबमा आएपछि यसको निर्माण पक्षले दृश्य लिक भएको भन्दै हल्ला गरेको छ ।
भिडियो लिङ्क शेयर गर्दै फिल्मका नायक प्रदीप खड्काले भनेका छन्, ‘मैतैलाई पत्ता लगाउनुस् ।’ फिल्मका निर्देशक दिनेश राउत हुन् । राउतले पनि दृश्य लिक हुँदा तनाव भएको बताएका छन् । तर रोचक कुरा के छ भने फिल्मको सुटिङ सेटबाट नायक आर्यन सिग्देलको २५ सेकेन्ड लामो नृत्यको दृश्य लिक हुँदा यसको निर्माणपक्षले कतै उजुरी गरेको पनि छैन र हटाउन पनि लगाएको छैन । उल्टै दृश्य लिक भयो भन्दै प्रचार गरिरहेको छ । यसबाट पनि भिडियो लिक भएको भन्दा लिक गरिएको अनुमान गर्न सकिन्छ । भिडियोमा नायक आर्यन सिग्देल छमछमी नाचेका छन् । उनको गेटअप पुजारीको छ । फिल्ममा उनी पुजारीको रुपमा देखिँदैछन् ।
फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अन्जना बराइली, परीक्षा लिम्बु लगायतका कलाकार मुख्य भुमिका छन् । आर्यन, प्रदीप र पल पहिलो पटक एकसाथ देखिन लागेका हुन् । सुभाष भुसालको लगानी रहेको फिल्ममा विकास सुवेदीको लेखन, राजेश श्रेष्ठको छायाङ्कन, सुप्रिम पराजुलीको सम्पादन र हिमाल केसीको द्वन्द्व रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीद्वारा राजस्थानसामु जितका लागि १ सय ८९ रनको लक्ष्य प्रस्तुत
-
सत्यनिरुपण तथा मेलमिलाप आयोगको पदाधिकारीका लागि १९ जनाको आवेदन
-
आँबुखैरेनीमा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु
-
करिब चार अर्बको युनिटी घोटाला : यसरी ठगिएका थिए तीन लाख ६६ हजार सर्वसाधारण
-
नेपाल सुपर लिग : झापासँग रोकियो ललितपुर
-
हत्या गरी फरार रहेका ३ जना पक्राउ