लिबियाबाट युरोप जाँदै गरेको डुङ्गाको इन्जिन फेल, भोकप्यासले ६० आप्रवासी यात्रुको मृत्यु

ट्रिपोली । अफ्रिकाबाट भूमध्यसागर पार गरी युरोप गइरहेको रबरको डुङ्गामा कम्तीमा ६० जना आप्रवासीको मृत्यु भएको छ । डुङ्गामा सवार कम्तीमा २५ आप्रवासीलाई बचाइएको छ । मानवीय सहायता उपलब्ध गराउने संस्था ‘एसओएस मेडिटेरेनियन’को ‘ओशन भाइकिङ’ जहाजले उद्धार गरेको थियो ।
अफूहरु गत शुक्रबार लिबियाको उत्तरी तटमा रहेको जावियाबाट निस्किएको दुर्घटनामा बाँचेकाहरूले बताएका छन् । तर यात्रा सुरु भएको तीन दिनपछि रबरको डुङ्गाको इन्जिन फेल भयो । त्यसपछि डुङ्गा समुद्रमा यताउता भड्किन थाल्यो । बिस्तारै डुङ्गामा भएको खाना र पानी सकियो । भोकप्यासका कारण डुङ्गाका यात्रीको धमाधम मृत्यु हुन थाल्यो । यस दुर्घटनामा ज्यान गुमाउनेमा एक महिला र कम्तीमा एक बालक रहेको बताइएको छ ।
ओशन वाइकिङ जहाजबाट बुधवार दुर्बीनमार्फत रबर डुङ्गा देखिएको एसओएस मेडिटेरेनियनले बताएको छ । त्यसपछि इटालियन कोस्ट गार्डको सहयोगमा उद्धार कार्य गरिएको थियो । उद्धार गरिएकाहरूको स्वास्थ्य अवस्था निकै नाजुक रहेको र उनीहरूको उपचार भइरहेको बताइएको छ । गम्भीर अवस्थामा भेटिएका दुई जनालाई हेलिकप्टरबाट उद्धार गरेर सिसिली लगिएको थियो । बाँकी २३ जना अझै ओशन वाइकिङमा छन् । यस जहाजमा अन्य दुई डुङ्गाले उद्धार गरेको दुई सय अन्य आप्रवासीहरू पनि भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड र युआन, दिराम, दिनार र रियालको मूल्य ?
-
पोखरामा सवा अर्ब लगानीमा बुटिक होटल
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम