प्यालेस्टाइनको नयाँ प्रधानमन्त्रीमा मुस्ताफा नियुक्त

काठमाडौँ । प्यालेस्टाइनको नयाँ प्रधानमन्त्रीमा मोहम्मद मुस्तफा चयन भएका छन् । उनलाई राष्ट्रपति महमूद अब्बासले नयाँ प्रधानमन्त्रीको रूपमा नियुक्त गरे ।
प्यालेस्टाइनमा तत्कालीन प्रधानमन्त्री मोहम्मद सतेह लगायतले १८ दिन अघि राजीनामा दिएका थिए । त्यसपछि मुस्ताफा नयाँ प्रधानमन्त्रीमा राष्ट्रपति अब्बासले चयन गरेका हुन् । उनले सन् २००५ देखि प्यालेस्टाइन प्राधिकरणको नेतृत्व गर्दै आएका छन् । प्यालेस्टाइनमा राष्ट्रपतिलाई प्रधानमन्त्री नियुक्त गर्ने अधिकार छ ।
समाचार एजेन्सी एएफपीका अनुसार मुस्तफाले गाजामा सन् २०१४ मा इजरायली आक्रमणपछि गाजाको पुनर्निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनी प्यालेस्टिनी प्राधिकरणको आर्थिक मामिलासम्बन्धी सल्लाहकार थिए । उनी प्यालेस्टाइन इन्भेस्टमेन्ट फण्डको बोर्ड सदस्य पनि थिए । यसबाहेक उनले विश्व बैंकमा उच्च पदमा पनि काम गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेलेन्स्कीले भने-‘हामी शान्ति चाहन्छौं तर देशै सुम्पिन सक्दैनौं’
-
भेपको अवैध कारोबार गरी कर छल्ने चार जनाविरुद्ध मुद्दा दायर
-
अर्घाखाँचीको धार्मिक स्थल पाणिनिमा चार जिल्लाको सुरक्षा बैठक
-
पाङ्ग्रा जनकपुरमा ! बुद्ध एयरको जहाज काठमाडौँमा अवतरण पछि ग्राउन्डेड
-
एमडीएमएस प्रकरण: पूर्वअध्यक्षद्वय झा र खनाललाई १३ महिना जेल
-
अवकाश हुनुभन्दा १२ दिनअघि भट्टराईलाई एआईजीको फुली ‘उपहार’