नगरपालिकाका कर्मचारीले धम्कीपूर्ण व्यवहार गरेको भन्दै प्रशासनमा उजुरी
सुर्खेत। वीरेन्द्रनगर नगरपालिका-६, को हटियालाइन, गोदामलाइन, हङकङ बजार र घन्टाघर लाइनमा सार्वजनिक जमिनमा बनेका अस्थायी संरचना हटाउने काम भइरहेको छ।
नगर विकास समितिको नाममा रहेको उक्त जमिन व्यवसायीहरूले भाडामा प्रयोग गरी त्यहाँ व्यापार गरिरहेका हुन् । तर नगरपालिकाले उक्त स्थानमा पार्किङ स्थल, बगैँचा बनाउने भनेर व्यवसायीहरूलाई त्यहाँबाट हटाइरहेको छ।
पटक पटक सूचना जारी गरेपछि बुधबारदेखि उक्त ठाउँमा नगरले डोजर चलाएको छ। डोजर चलाउने क्रममा नगरपालिकाका कर्मचारीले धम्कीपूर्ण व्यवहार गरेको भन्दै प्रशासनमा उजुरी परेको छ।
उजुरी दिनेमा हटियालाइनको दक्षिणतर्फ भाडाको जमिनमा व्यवसाय गरिरहेका भक्त बहादुर श्रेष्ठ रहेका छन्। उनले प्रयोग गर्दै आएको जमिनको सम्झौता ०८२ पुस मसान्तसम्म रहेको छ। उनको सम्झौता जिल्ला समन्वय समितिसँग रहेको बताएका छन्। तर, नगरपालिकाका कर्मचारीले एक्कासि आई 'मेयरको मौखिक आदेश छ, हामी हजुरको पसलमा डोजर हान्न आएको भन्दै त्रिसित बनाउने, धम्काएको' भन्दै उनले प्रशासनमा उजुरी दिएका छन्।
साथै उनले कानुन बमोजिम प्रक्रिया पुर्याएर गरिएको व्यवसायको रक्षा गरिदिन माग गरेका छन्। जिल्ला प्रशासन कार्यालयले आवश्यक शान्ति सुरक्षा कायम गर्न भनेर जिल्ला प्रहरीलाई पत्र पठाएको छ ।
बुधबारदेखि नगरपालिकाले डोजर चलाउन सुरु गरेको भनेको नगर विकास समितिसँग मात्र सम्झौता भएको पसलहरूको हो । तर, जिल्ला समन्वय समितिसँग सम्झौता गरेका व्यवसायीहरूको भने अझै म्याद बाँकी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना, तराईमा हुस्सु
-
अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन डलरको भाउ बढ्यो, कसको कति ?
-
च्याम्पियन्स लिग : इन्टरको शीर्षता कायमै, बार्सिलोनाले उछिन्न सक्ने
-
च्याम्पियन्स लिगमा आर्सनलको अघिल्लो यात्रा सहज
-
फेयेनुर्डले अंक खोस्दा पेप ग्वार्डिवलाको म्यान्सिटीलाई कष्ट
-
लेवान्डोस्की चम्किएपछि बार्सिलोनाले उठायो घरेलु मैदानको फाइदा