दुवै सदनको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बस्न लागिएको हो । संसद् भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्नेछ भने राष्ट्रियसभा बैठक बिहान ११ बजेर १५ मिनेटमा बस्नेछ ।
प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभाबाट उत्पत्ति भएको सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
त्यस्तै, राष्ट्रियसभा बैठकमा अध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति तथा कार्यभारसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ । त्यस्तै अर्थमन्त्री वर्षमान पुनले सुरक्षित कारोबार (पहिलो संशोधन)विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
त्यसैगरी दुवै सदनमा आर्थिक वर्ष २०८१र०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहने संघीय संसद् सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘केपी ओली कप’ राष्ट्रिय क्रिकेटमा गण्डकी र हिमालयनको लगातार दोस्रो जित
-
असल व्यवहार गरेर सेवा प्रवाह गर्न गृहमन्त्रीको निर्देशन
-
सुनसरी मोरङका उद्योगीद्वारा अर्थमन्त्रीलाई औद्योगिक वातावरण सुधारको माग
-
ज्यस्नु र शुभश्रीलाई स्वर्ण
-
देवेन्द्रलाल नेपाली : शेरबहादुर र दमनका गुरु ‘नागरिक आयोग’का संयोजक
-
पत्रकार सुरेश रजकको १३ औँ पुण्य तिथिमा पत्रकार महासंघले गर्यो दीप प्रज्वलन [तस्बिरहरु]