पोखरालाई ४ गते पर्यटनको राजधानी घोषणा गरिने

पोखरा । पोखरालाई चैत ४ गते पर्यटनको राजधानी घोषणा गरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विशेष समारोहका बिच पोखरालाई पर्यटनको राजधानी घोषणा गर्नेछन् ।
गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले संयुक्त रूपमा कार्यक्रम आयोजना गर्नेछन् । राजधानी घोषणा गर्नका लागि पोखरा महानगरका मेयर धनराज आचार्यको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।
समितिमा प्रदेश सरकारका प्रमुख सचिवसहित सबै सचिवहरू, रुपा, मादी, माछापुच्छ्रे, अन्नपूर्ण, फेदीखोला र मोदी गाउँपालिका तथा शुक्लागण्डकी र कुश्मा नगरपालिकााका मेयर र अध्यक्ष, कास्कीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू, पोखरा पर्यटन परिषद्, नेपाल पत्रकार महासङ्घ गण्डकी र कास्की, पोखरा उद्योग वाणिज्य सङ्घ, लेखनाथ उद्योग वाणिज्य सङ्घ, होटेल सङ्घ पोखरा, नेपाल पर्यटन बोर्ड, महानगरका सबै वडाअध्यक्ष, पर्यटकीय सङ्घ संस्थाका प्रमुख, कास्कीस्थित सबै सङ्घसंस्थाहरू सदस्य छन् ।
घोषणाअघि लेकसाइडस्थित बसुन्धरा पार्कबाट सांस्कृतिक झाँकीसहितको र्याली निकालिने छ । कार्यक्रममा सहभागिताका लागि चीन र भारतसहित विभिन्न देशका राजदूतहरुलाई पनि निमन्त्रणा गरिएको छ । पर्यटन सचिव कुमानसिंह गुरुङले सबैलाई निमन्त्रणा गरिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म