जीवनकुमार गुरुङविरुद्ध मुद्दा दर्ता गर्न सरकारी वकिलको राय

काठमाडौँ । १४ किलो सुन तस्करीमा संलग्न आरोपमा थुनामा रहेका जीवनकुमार गुरुङविरुद्ध मुद्दा चलाउन सरकारी वकिल कार्यालयले राय दिएको छ । काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध अदालतमा मुद्दा दर्ता गर्न त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई राय दिएको हो ।
गुरुङबारेको अनुसन्धान प्रतिवेदन भन्सार कार्यालयले काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयमा पठाएको थियो । गोरखा बारपाक घर भएका ४५ वर्षीय चन्द्र घलेले दुबईबाट ल्याएको १४ किलो सुनमा गुरुङको ‘कनेक्सन’ देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको थियो ।
गुरुङ डिल्लीबजारमा संचालित प्लाटिनम कलेजका प्रमुख कार्यकारी अधिकृत हुन् । विमानस्थल भन्सार कार्यालयका एक जना अधिकृतका अनुसार गुरुङविरुद्ध शुक्रवार जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गर्ने तयारी छ । भन्सार कार्यालयको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालयले उनीसँग १ अर्ब ४० करोड बिगो मागदावी लिन राय दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादीको तराई–मधेस जागरण अभियान आज सम्पन्न हुँदै
-
कसले बनायो सामन्थाको मन्दिर ?
-
शक्ति सङ्घर्षको कथामा ‘शिवांशः च्याप्टर १’ निर्माण घोषणा
-
जनमत र नागरिक उन्मुक्तिको एकता घोषणासभामा खुलेन प्रज्ञाको ढोका, तस्बिरहरु
-
एनआरएनएको मुद्दा लगातार चौथो पेसीमा, घलेले महाधिवेशन गराउन सक्लान् ?
-
राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली