कार्यदलमा दलहरूबाट सुझाव पेस, शुक्रबार अन्तिम रूप दिइने
बिहीबार, ०१ चैत २०८०, १९ : ५३

काठमाडौँ । सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथि सुझाव दिन बनेको कार्यदलमा साझा नीति तथा कार्यक्रमबारे छलफल भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको बैठकमा गठबन्धन दलहरूले आ–आफ्ना सुझाव दिएको एकीकृत समाजवादीका उपाध्यक्ष एवं कार्यदल सदस्य प्रमेश हमालले जानकारी दिए ।
‘आजको बैठकमा अध्ययनका लागि दलहरूले आ–आफ्ना सुझवसहितका ड्राफ्ट एक आपसमा आदान प्रदान गरेका छन् । भोलि फेरि बसेर यसलाई अन्तिम रूप दिन्छौँ’, उनले भने ।
बैठक शुक्रबार बिहान ९ बजे अर्थ मन्त्रालयमा बस्ने हमालले बताए । फागुन २१ गते एमाले– माओवादीसहित नयाँ सत्ता समीकरण बनेपछि २७ गते १० सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलमा एमाले, माओवादी, एकीकृत समाजवादी, रास्वपा र जसपाबाट २/२ जान सदस्य रहेका छन् । कार्यदलको संयोजक एमालेका उपाध्यक्ष विष्णु पौडेल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाको सभामा घुसपैठ भएको आरोपमा दुईजना नियन्त्रणमा
-
ई स्पोर्टस टोली उज्वेकिस्तान प्रस्थान
-
तीन सन्तानकी आमाले १२ कक्षा पढ्दै गरेका ‘प्रेमी’सँग गरिन् बिहे
-
घुम्ती प्रयोगशालासहित महानगर र विभागको संयुक्त टोली बजार अनुगमनमा
-
डिपोर्टेशनका लागि युद्ध कानून प्रयोग गर्न ट्रम्पलाई अदालतले दियो अनुमति
-
उपसचिवको लिखित परीक्षामा १२ जना उत्तीर्ण (सूचीसहित)